दर्ज्यानी चिन्हले सुशोभित भए दुई प्रहरी सहायक निरीक्षक
काठमाण्डौ २८ पुष । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा जनपद प्रहरीतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुनुभएका दुई जना प्रहरी सहायक निरीक्षकलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी सहायक निरीक्षक निर्मला श्रेष्ठ र प्रहरी सहायक निरीक्षक पिताम्बर लामीछानेलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पदोन्नतिसँगै जिम्मेवारी र कर्तव्य थपिने उल्लेख गर्दै इमान्दारिता, अनुशासन र जनसेवाको भावनालाई आत्मसात् गरी कार्य सम्पादन गर्न पदोन्नत प्रहरी अधिकृतहरूलाई शुभकामना व्यक्त गर्नुभयो।केहि तस्विरहरु।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया