सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेड को २४ औं बार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक, पुनर्वास २५ पुस । किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।


शुक्रबार पुनर्वास नगरपालिका ६ प्रगतिटोलमा रहेको संस्था को आफ्नै भवन मा उक्त साधारणसभा सम्पन्न भएको हो ।
उन्नत विउ उत्पादन गरि अभाव पुर्ति गर्ने उदेश्य ले तत्कालीन पाँच गाउँ विकास समिति त्रिभुवनबस्ति , पराशन , कालिका र वाईसिबिचवा लाई कार्यक्षेत्र तोकि पुनर्वास का २६ जना कृषकहरूको सहकार्यमा २०५६ साल चैत १७ गते कञ्चनपुर मा सहकारी संस्था को रूपमा दर्ता भई उन्नत विउविजन उत्पादन क्षेत्रमा काम गर्दै आएको २४ औं बार्षिक साधारणसभा मा संस्था को उदेश्य माथि प्रकाश पार्दै संस्था का अध्यक्ष पर्शुराम बिस्वकर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए ।


२०५५ सालदेखि नै केही कृषक हरूको अगुवाइमा सामुहिक रूपमा आलु को बिउ उत्पादन गर्ने कार्य सुरु गरिएको थियो भने बिउ को सम्पूर्ण प्रक्रिया पुरा गरि संस्था आफैद्वारा उत्पादन गरिएको १०४ क्विन्टल प्रमाणित पहिलो पुस्ताको गहुँको उन्नत बिउ २०५८ सालमा कृषकको खेतबारीमा पुर्याउन सफल भएको पनि अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।


हाल संस्थाको आफ्नै बिउ भण्डारण गर्ने गोदाम र बिउ ग्रेडिङ मेसिन सहित १ करोड १७ लाख ९३ हजार ९३२ रूपैया बराबरको स्थिर सम्पत्ति रहेको साधारणसभामा जनाईएको थियो । हाल ११४ जना सेयर सदस्य रहेको संस्था को शेयर पुञ्जी ७६ लाख ६७ हजार ४०० रहेको छ भने निक्षेप ६ लाख २३ हजार , कर्जा सापटी २३ लाख १ हजार ८४२ रूपैया , स्थिर सम्पत्ति १ करोड १७ लाख ९३ हजार ९३२ रूपैया , शुद्ध नाफा १३ लाख ४० हजार २३२ रूपैयाँ , नगद मौज्दात २५ हजार ३३७ रूपैयाँ र बैंक मौज्दात ३७ लाख ७७ हजार २५७ रूपैयाँ रहेको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
संस्थाले राष्ट्रिय आवास कम्पनीको नाउँमा रहेको पुनर्वासको ६५ बिगाह मध्ये को २० बिगाह जग्गा बार्षिक ९ लाख ५१ हजार मा भाडामा लियर पाँच बिगाह १० कट्ठा मा धान खेती गरि १३१ क्विन्टल ६० किलो धान उत्पादन गर्न सफल भएको छ भने त्यसतै पाँच बिगाह १० कठ्ठा जग्गामा भटमास खेति गरि ५५ क्विन्टल २३ किलो उत्पादन गरेको छ त्यसैगरी २ बिगाह पाँच कठ्ठा मा ट्युसेन्टी खेती गरि ८८० किलो उत्पादन गर्न सफल भएको छ त्यसतै २ बिगाह जग्गामा तिल खेति गरि ८ क्विन्टल ३२ किलो तिल उत्पादन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको थियोे ।
कार्यक्रममा संस्था का सचिव अरि प्रसाद अधिकारीले आर्थिक बर्ष ० ८१ श्रावण १ गतेदेखि ०८२ असारमसान्तसम्म को १ करोड ३३ लाख ८४ हजार ६१ रूपैया ३७ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
संस्था का अध्यक्ष पर्शुराम बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य माननीय तारालामा तामाङ रहेका थिए । अतिथिहरूमा पुनर्वास नगरपालिका सहकारी बिभाग प्रमुख तथा प्रशासन अधिकृत धौलराम सार्की , कृषि अधिकृत ललिता चौधरी , दलित बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष राजकुमार रायमाझी , सुनौलो महिला कृषि सहकारी संस्था लि का अध्यक्ष दुर्गा नेपाल , पुनर्वास सहकारी समन्वय अध्यक्ष शंकर बहादुर केसी , श्रीनिवास दिव्य धाम अध्यक्ष बिस्वनाथ बिष्ट , सुदूरपश्चिम आविस्कार केन्द्र अध्यक्ष रामचन्द्र नेपाल लगायत रहेका थिए ।
कार्यक्रम को सञ्चालन संस्था का सचिव छबिलाल खनियाले गरेका थिए ।

  • २५ पुष २०८२, शुक्रबार १९:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU