गौशालाबाट मयुर यातायातको बसमा पकेटमारी गर्ने ४ जना नियन्त्रणमा
काठमाण्डौ २४ पुष । बाग्लुङ घर भई काठमाडौं मित्रनगर बस्ने ३७ बर्षिय दिपेन्द्र शर्माले पकेटमारी भएको भनि मिती २०८२।०९।२३ गते ११ बजे निजले बोकेको कालो रङको साईट ब्यागमा राखेको नगद रू.२ लाख ७५ हजार हराएको विषयमा दिएको निबेदनमा अनुसन्धान गर्दा सोही दिन बेलुकी ५ बजे पकेटमारी कार्यमा संलग्न ४ जनालाई उपलव्ध श्रोत साधन र प्रविधीको प्रयोग गरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३७ वर्षिय सरोज खड्का , ४२ वर्षिय बिकाश लामा, ३३ वर्षिय राजु गुरुङ र ३३ वर्षिय सुवास मगर रहेका छन । पक्राउ परेका उनिहरुको साथबाट नगद सहित अन्य सामग्री समेत फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया