सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बझाङका दुई स्थानिय तह बाहेक अरु सबैमा बैङ्क

डीबी विष्ट पुस २३ बझाङ । स्थानिय निर्वाचन भएको एक बर्ष सम्म जिल्लाको सदरमुकाम लगायत कुनै स्थानिय तहमा बैँङ्क स्थापना नभएको यस जिल्लामा पछिल्लो समय दुई स्थानिय तह बाहेक सबै स्थानिय तहमा बैङ्क सेवा संचालनमा आएको छ ।

गाँउपालिका केन्द्रमै बैङ्क सेवा संचालन भएपछि बैङ्किङ कारोेबार गर्न सदरमुकाम आउने झन्झट हटेको छ । १२ वटा स्थानिय तह रहेको बझाङ जिल्लामा जिल्लाको उत्तरि भेगमा रहेको साईपाल गाँउपालिका र तल्लो क्षेत्रमा रहेको थलारा गाँउपालिका बाहेक अन्य १० वटा स्थानिय तहमा रा.वा. बैङ्क लगायत विभिन्न प्राभेट बैङ्कहरुले सेवा दिई रहेका छन् ।

स्थानिय तह संचालन भएको एक बर्षको आसपास गाँउमा बैङ्क स्थापना नहुँदा हामिलाई स्थानिय तह आएको खास्सै अनुभव भएको थिएन “तल्कमोट गाँउपालिकाका सर्मिला विकले भनिन् ढिलै भए पनि गाँउपालिका केन्द्रमा एभरेष्ट बैङ्को शाखा आएर बैङकिङ कारोबार भएपछि सेवा लिन सजिलो भएको बताईन् ।” तल्काट गाँउपालिका जस्तै मष्टा गाँउपालिकामा राष्ट्रिय बाणिज्य बैङ्को स्थापना भएको छ भने सर्मा गाँउपालिकामा एभरेष्ट बैङ्क, खप्तड छान्ना गाँउपालिकामा प्राईम बैङ्क, छविसपाथिभेरा र दुर्गाथलि गाँउपलिकामा कुमारि बैङ्क स्थापना भएका छन् । यसका साथै केदार स्युँ गाँउपालिकामा पनि २ महिना अघि ईनभेष्ट बैङ्क स्थापना भएको छ भने बुंगल नगरपालिकामा कृर्षि विकास बैङ्क र चिर विथ्थड गाँउपालिकामा नविल बैङ्क स्थापना भएका छन् ।

सदरमुकाम रहेको जयपृथ्वि नगरपालिकामा भने रा.वा बैङ्क लगायत अन्य प्राईभेट बैङ्हरुले पनि सेवा दिई रहेको छ । गाँउपालिका र नगरपालिकामा बैङ्क स्थापनाका लागि आफुले पटक पटक पहल गरे पनि थलारा गाँउपालिकामा आउने भनेको एन आई सि बैङकले हाल सम्म शाखा नखोलि दिएको थलारा गाँउपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । यस्तै साईपाल गाँउपालिकामा एभरेष्ट बैङ्कले हाल सम्म शाखा नखोलेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामिले बताउनु भयो । यहाँका स्थानिय बासिन्दाले १० हजारको चेक साट्न पनि अहिले ३ दिन काट्नु पर्ने बाध्यता उस्तै रहेको उहाँको भनाई छ । जिल्लाकै सबै भन्दा दुर्गम ठाँउ भएका कारण र विद्युत सेवा नभएका कारण बैङ्किङ सेवा जान नसकेको उहाँको भनाई छ ।

दुई गाँउपालिका लगायत सबै स्थानिय निकाय बोहेक अन्य १० वटा स्थानिय तहका केन्द्रमा बैङ्क सुविधा भएपछि योजनाको रकम लगातय अधिकांश काम रुपमा सहज भएको सुर्मा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुष्कल बोहराले बताउनु भयो । बैङ्किङ सेवा संचालनमा आएपछि आफुहरुलाई पनि गाँउमा नै सरकार आएको अनुभुति भएको दौलिचौरका स्थानिय बासिन्दा कलक बोहराले बताउनु भयो ।

  • २३ पुष २०७५, सोमबार ०९:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU