अत्तरखेलबाट नक्कली नोटसहित ६ जना पक्राउ, १ हजारका ९३ थान बरामद
काठमाडौं १८ पुष । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौंको अत्तरखेलबाट ६ जनालाई पक्राउ गरेको छ।

मिति २०८२ साल पौष १६ गते राति ९:३० बजे, प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट रु. १ हजार दरका नक्कली नोट ९३ थान बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका पाँच जना र काठमाडौंका एक जना रहेका छन्। उनीहरू विरुद्ध नक्कली नोट कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया