सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘चीनको सैन्य अभ्यास अमेरिका लक्षित’

पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिका तथा उसका साझेदारहरूलाई आक्रमण गर्ने उद्देश्यले चीनले सैन्य अभ्यास गरिरहेको हुनसक्ने चेतावनी अमेरिकी रक्षा मन्त्रालयले दिएको छ।

पेन्टागनको एउटा प्रतिवेदनमा चीनले गत टाढा टाढासम्म आक्रमण गर्न सकिने गरी बमवर्षक विमानहरूको क्षमता बढाइरहेको उल्लेख छ।

कङ्ग्रेसलाई बुझाइएको सो वार्षिक प्रतिवेदनका अनुसार चीनले १० वर्षभित्र परमाणुअस्त्र प्रयोगको क्षमता सहितको लामो दूरीका बमवर्षक परिचालन गर्न सक्नेछ।

राष्ट्रपति सी जिनपिङले युद्ध लड्न र जित्न दिने आदेश सफलतापूर्वक पूरा गर्नका लागि चीनले थप ‘गतिशील’ सेनाको समेत विकास गरिरहेको पेन्टागनको दाबी छ।

  • अमेरिकाले ‘दादागिरी‘ गरेको चिनियाँ आरोप
  • अमेरिका-चीन-रुसबीच अस्त्र बनाउने होडबाजी

चीनले उक्त प्रतिवेदनबारे टिप्पणी गरिसकेको छैन। प्रतिवेदनले चीनको सुरक्षा खर्च बढेर अमेरिकी सुरक्षा खर्चको एकतिहाइ जति अर्थात् करिब १९० अर्ब डलर जति पुगिसकेको जनाएको छ।

प्रतिवेदनले अरू के भन्छ ?

सम्भावित हवाई आक्रमणको चेतावनी चीनको सैनिक तथा आर्थिक महत्वाकाङ्क्षाको विस्तृत विश्लेषण गरेपछि दिइएको हो। गत तीन वर्षमा चीनको जनमुक्ति सेनाले समुद्रमाथि बमवर्षक विमान उडाएर टाढाटाढासम्म पुगी आक्रमण गर्ने क्षमतामा विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकाका लागि संवेदनशील मानिने सामुद्रिक क्षेत्रमा समेत उसले अनुभव बढाइरहेको र अमेरिका एवम् उसका साझेदारहरूमाथि आक्रमणका अभ्यास पनि गरिरहेको हुनसक्ने प्रतिवेदनले जनाएको छ। तर चीनले त्यस्ता उडानहरू गरेरर के देखाउन खोजेको हो त्यो भने स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ।

चासो

प्रतिवेदन भन्छ – चीनको जनमुक्ति सेनाले सम्भवत: गुआमसहित पश्चिमी प्रशान्त महासागरस्थित अमेरिका र उसका सहयोगीहरूको सैन्य आधारहरूमा आक्रमण गर्न सक्ने क्षमता छ भनेर देखाउन त्यसको गरेको हुनसक्छ। प्रतिवेदनले चीनले आफ्नो स्थलसेनालाई ‘युद्ध गर्न र जित्न’ सक्ने गरी विकास गरिरहेको जनाएको छ। प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिमाथि अमेरिकाले चासो देखाउँदै आएको छ। त्यस क्षेत्रमा अहिले पनि अमेरिको सैन्यको उल्लेखनीय उपस्थिति रहेको छ।

बिबिसी नेपाली सेवाबाट

 

  • १ भाद्र २०७५, शुक्रबार १४:०५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU