सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत

काठमाडाैं १३ पुष । निवार्चन आयोगले आज विज्ञप्ती जारी गरी  निवार्चन आचारसंहिता २०८२ स्वीकृत गरेको जनाएको छ । निवार्चन आयोगका सहसचिव नारायण प्रसाद भट्टराइव्दारा हस्ताक्षरित विज्ञप्तीमा यहि फागुन २१ गते घोषित निर्वाचन स्वच्छ,निष्पक्ष, पारदर्शी भयमुक्त एवंम मितव्यी रूपमा  सम्पन्न गर्न निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निवार्चन आचारसंहिता २०८२ स्वीकृत गरिएको जनाइएको  छ ।

संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी, भयमुक्त एवं मितव्ययी रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरिएको छ। निर्वाचन आचारसंहिता, २०८२ सरोकारवालाको जानकारीका लागि आयोगको वेबसाईटमा राखिसकिएको छ।

आचारसंहितामा नेपाल सरकार र नेपाल सरकारका मन्त्री,  प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी,  नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी,  स्थानीय पालिका र सोका सदस्य,  सङ्‍घ, प्रदेश र स्थानीय तहका कर्मचारी,  सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,  सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,  राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,  उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,  सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,  पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,  निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,  मतदाता, विकास साझेदार संस्था,  सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,  मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,  निजी क्षेत्रका बैङ्‍क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,  वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, आमनागरिक तथा आयोगले तोकेका अन्य निकाय वा व्यक्ति लगायतले पालना गर्नुपर्ने आचरणहरू तोकिएको छ।

यस आचारसंहितामा सामाजिक सञ्‍जालको दायरा फराकिलो पारिएको, हरित निर्वाचन सम्बन्धी व्यवस्था गरिएको तथा दलको घोषणा पत्रलगायतका विषयहरू नयाँ थप गरी समयानुकूल बनाइएको छ। आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार-प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्‍जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने साथै सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या हुनेगरी व्यक्तिगत लाञ्छना वा मानहानि हुने प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न, प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ। कुनै राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिवद्धता र कार्ययोजना राखी प्रचार-प्रसार गर्न सकिने नै हुँदा सामाजिक सञ्‍जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढंगले परिचालन गर्न आयोग आग्रह गर्दछ ।

आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डाअंकित लोगो, स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला जस्ता साङ्केतिक सामग्री लगाउन वा बोक्न नहुने व्यवस्था गरेकोले यसतर्फ सचेत हुन आग्रह गर्दै राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचार-प्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचार-प्रसार गर्ने व्यक्तिले सोको पालनामा विशेष चनाखो रहनसमेत आग्रह गरिन्छ।राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार-प्रसारको सिलसिलामा जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा यस्तै प्रकृतिका प्रचार-प्रसारसम्बन्धी कार्यक्रम गर्दा तथा निर्वाचन अधिकृतको अनुमति लिई सवारीसाधन प्रयोग गर्दा सोही बमोजिमको आकार र संख्याको दलको झण्डा र चुनाव चिन्ह मात्र प्रयोग गर्न आयोग अनुरोध गर्दछ।

आचारसंहिताको उल्लंघन भएमा हुने कारवाहीका विषयमा निर्वाचन आयोगले उपलब्ध श्रोत साधन र जनशक्तिको उपयुक्त प्रयोग गरी कहिँ कतैबाट आचारसंहिता उल्लंघन भएको पाइएमा आचारसंहिता उल्लंघनको प्रकृति र स्वरुप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना वा दण्ड सजायलाई कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्द हुनेसम्मको कानूनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछ। यस सन्दर्भमा राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सरोकारवालासँगको समन्वय र सहजीकरणलाई व्यवस्थित गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिताको अनुगमनलाई आयोगले प्राथमिकताको विषय बनाएको छ । यसको लागि केन्द्रदेखि जिल्ला तहसम्म विभिन्न अनुगमन संरचना तथा संयन्त्रहरू क्रियाशील रहने छन्।

निर्वाचन आचारसंहिताको पूर्ण पालनाबिना विश्वसनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात् गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्ने भएकोले निर्वाचनमा हाम्रा सबै प्रयासहरू यसैतर्फ केन्द्रित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको संकल्प पूरा गर्न सबैको सहयोग रहने कुरामा आयोग विश्वस्त छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमासम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्ने तथा निर्वाचनमार्फत् लोकतन्त्रको सुदृढीकरण र सुशासन प्रवर्धनमा योगदान पुर्‍याउनेतर्फ निर्वाचन आयोगले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ।

  • १३ पुष २०८२, आईतवार १७:१७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU