बीपीएलमा सन्दिपको खेल आज, डेब्यू गर्ने सम्भावना
काठमाण्डौ । विग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आज बंगलादेश प्रिमियर लिगमा डेब्यू गर्दै छन्।

पहिलो पटक प्रतियोगता खेल्न लागेका सन्दीप लामिछानेले पहिलो खेलमै डेब्यू गर्ने सम्भावना प्रवल छ।
बिग ब्यासमा सुरूवाती चार खेल लगातार खेलेका सन्दीपले आठ विकेट लिँदै सनसनी मच्चाएका थिए।
त्यसपछि बंगलादेश आएका सन्दीपले सिलेट सिक्सर्सबाट आज कोमीला भिक्टोरियन्ससँग खेल्ने भएका हुन्।
ढाकामा हुने यो खेल नेपाली समय अनुसार १२स्१५ बजेबाट सुरू हुनेछ।
सन्दीपले आफ्नो लयलाई बंगलादेशी भूमीमा पनि कायमै राख्ने विश्वास खेलप्रेमीहरूले लिएका छन्।
पूर्वपाकिस्तानी खेलाडी वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्समा सन्दीपले डेभिड वार्नरको कप्तानीमा बीपीएल खेल्नछन् ।
सिलेटमा सन्दिपसँगै मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहन्दी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन छन्।
दोस्रो खेलमा पुस २५ गते चिट्टगङ भाइकिङ्सविरूद्द प्रतिस्पर्धा गर्नेछ।
विभिन्न ७ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्सले एक आपसविरूद्ध खेल्नेछन्।
प्रतियोगिताको फाइनल खेल आगामी माघ २५ गते हुनेछ।
नेपालखबर बाट साभार
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया