सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अएक सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक, पुनर्वास २५ मंसिर । अएक सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुनर्वास ६ को छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ६ को सभाहलमा संस्था को बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्था का अध्यक्ष तिल प्रसाद तामाङ को सभापतित्वमा भएको कार्यका प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा रहेका थिए , बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका प्रसासकिय अधिकृत तथा सहकारी बिभाग प्रमुख धौलराम सारकि रहेका थिए अतिथिमा वडा सदस्य ठाकुर प्रसाद शर्मा , पुनर्वास पुर्व श्रोत व्यक्ति बिष्णुभक्त पौडेल लगायत रहेका थिए ।
कार्यक्रममा लेखा संयोजक सितन बिक ले आर्थिक बर्ष ०८१/८२ को कुल १ करोड २० लाख ७४ हजार ३० रूपैया बराबरको आयव्यय प्रस्तुत गरेकि थिईन ।
२० जना अपांग , २२ जना महिला , १ जना कुष्ठरोगि ७२ जना सिमान्कृत ७२ जना अन्य गरि १८७ मध्ये ३७ पुरूष १५० महिला अएक सहकारी मा आबद्द रहेको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
सहकारी ले शारीरिक रूपमा बिबिध क्षमता भएका सदस्य हरूबाट निर्मित सहकारी ले सानो वचतबाट आज १ करोड बराबरको कारोबार गर्न सफल भएकोमा खुसी लागेको कार्यक्रम का अतिथि बिष्णुभक्त पौडेल बताउनुभयो ।
अपांग , एकल , कुष्ठ रोगी समुदायको सहभागिमुलक पहिचान को रूपमा रहेको अएक सहकारी लाई , ९ बर्ष अघि तत्कालीन द लेप्रोसि मिशन नेपाल गैरसरकारी संस्थाले ११ लाख नगद बीउ पुञ्जी सहित ४ समुहलाई एक समूह गठन गरि सहकारी को रूपमा संस्था स्थापना भएको अध्यक्ष तिल प्रसाद तामाङ ले प्रतिवेदनमा उल्लेख गरे ।
सहकारी ले आयआर्जन मा थप वृद्धि गर्न यसै बर्ष देखि बंगुर पालन कार्यक्रम समेत सुरुवात गरेको छ ।
यो सहकारी को उन्नति र प्रगति का लागि नगरपालिका बाट गरिनुपर्ने चौतर्फी सहयोग पुर्याउन आफू तत्पर रहेको पुनर्वास नगरपालिका सहकारी बिभाग प्रमुख धौलराम सार्की ले प्रतिबद्धता गर्नुभयो ।
उहाँ ले सहकारी सञ्चालक समिति लाई सुझाव दिंदै सुरुमा गैरसरकारी संस्थाले सहयोग गरेपनि सहकारी लाई अगाडि बढाउन सेयर सदस्य हरू आफै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रम का प्रमुख अतिथि मित्र सिंह लामाले अएक सहकारी पुनर्वास का अन्य सहकारी भन्दा फरक सहकारी रहेको मैले बुझेको छु , फरक क्षमता भएका समूह हरूको प्रतिनिधित्व बाट सहकारी स्थापना भएको हो । शारीरिक रूपमा असक्षम , एकल महिला तथा कुष्ठ रोगी सेयर सदस्य रहेको सहकारी ले पुनर्वास मा छुट्टै पहिचान बनाउन सकोस प्रमुख अतिथि लामाले शुभकामना व्यक्त गरे ।
लामाले सहकारी लाई वडा कार्यलय बाट गरिनुपर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताए । कार्यक्रम को सञ्चालन संस्था का सचिव मनबहादुर गुरूङले गरेका थिए ।

  • २५ मंसिर २०८२, बिहीबार २१:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU