शिक्षामा देखिएको बेथिती हटाउन बिद्यार्थी अनुपातका भरमा शिक्षक दरबन्दी मिलान
डीबी विष्ट पुस २० बझाङ । जिल्लामा लामो समय देखि शिक्षा क्षेत्रमा देखिएको बेथिती लाई सुधार गर्न अहिले सबै जनप्रतिनिधीहरु एकमत देखिन्छन् ।

बिगतमा जिल्ला शिक्षा कार्यालय हुदा राजनिती र शिक्षक संघ संगठनका पावरले लामो समय शिक्षकहरु काजमा बस्ने आफु पायक पर्ने जाने र बिद्यालयमा विद्यार्थि सख्याँ नहुदा पनि सरुवा काज मिलाउने साथै आफ्ना सट्टामा अर्को शिक्षक राखेर आफु अर्कै काममा जाने गरेका शिक्षकहरु लाई अहिले जनप्रतिनिधीले शिक्षकहरु लाई तहलगाउन थालेका छन् ।
स्थानिय तह लाई स्थानिय सरकारको अधिकार दिएर शिक्षा लगायत बिभिन्न क्षेत्रको अधिकारहरु दिए पछि जिल्लाका १२ वटै स्थानिय तहले शिक्षा क्षेत्रमा आमुल परिबर्तन गर्न बिभिन्न गतिबिधीहरु गर्न थालेका छन् । स्थानिय तहले शिक्षा क्षेत्रको सुधारका लागी कदम चाल्न थालेपछि शिक्षकले राजनिती गरेर बिद्यालयमा नपढाउने ,नियमित बिद्यालय नआउने र एकै विद्यालयमा आबस्यक भन्दा बढी दरबन्दीमा रहेका शिक्षकहरुमा हलचल मच्चिएको छ ।
शिक्षा क्षेत्रको सुधारका लागी नेपाल सरकार मानब स्रोत बिकास मन्त्रालय , शिक्षा बिभागको कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ र गाँउपालिको निती अनुसार जिल्लामा पहिलो पटक खप्तड छान्ना गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका ३६ जना शिक्षकहरु लाई दरबन्दी मिलान गरेपछि यहाँका शिक्षकहरुमा हल्लीखल्ली मच्चीएको छ ।
गाउँपालिकाले ३ महिना लगाएर गाउँपालिका भित्रका बिद्यालय, बिद्यार्थी सख्ंया, अस्थाई, स्थायी, अनुदान , निजी साथै प्रारम्भीक बाल शिक्षकहरुको बिबरण लिएर विद्यार्थि अनुपातको आधारमा शिक्षक दरबन्दी मिलान गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख खडकराज जोशीले वताउनु भयो ।
उहाँले भन्नुभयो , पहलो चरणमा गाउँपालिकाका भित्रका ३७ वटा आधारभूत तहमा विद्यार्र्थि अनुपातको आधारमा दरबन्दी मिलान गरेका छौ अब हामी माबि तहमा समेत यसरी नै दरबन्दी मिलान गर्ने योजना छ । गाउँपालिकामा रहेको जनप्रतिनिधिहरुको ईच्छा शक्तिका कारण यो काम गर्न सफल भएको पनि उहाँको भनाई छ ।
गाउँपालिकाले एकै पटक बाल कक्षाका २८ जना र अन्य शिक्षक ८ जना लाई एक विद्यालय बाट अर्को विद्यालय सरुवा गरेपछि सरुवा भएका शिक्षकहरुले गुनासो गरेपनि आफुले विद्यार्थिकोे अबस्था , अभिभाबकको चाहना र नेपाल सरकारको निती अनुसार कदम चालेको गाँउपालिका अध्यक्ष वर्क रोकायाले बताउनुभयो । नजीकैका विद्यालयहरु मर्ज गर्ने र काम नगर्ने शिक्षक लाई कार्वाही गर्ने पनि उहाँले बताउनुभयो । खप्तड छान्ना गाँउपालिका जस्तै थलारा गाँउपालिकाले समेत शैक्षिक क्षेत्रको सुधारका लागी कडा कदम चलेको छ । गाँउपलिकाले विद्यार्थिको अनुपातको आधारमा दरबन्दी मिलान गर्दा विद्यार्थिकोे पढाईमा सुधार भएको कोईरालाकोटका एक शिक्षकले बताउनु भयो ।
सामुदायीक विद्यालयमा पढाई अवस्था धेरै खस्कदो भएको व्यापक जनगुनासो आउन थालेपछि जनप्रतिनिधीहरु आफ्नो ठाँउमा रहेको विद्यालयहरुको सुधार गर्न लागि रहेको हुन ।
छान्नाका स्थानिय अभिभाबक जयराज जोशीले भन्नु भयो, हामीले बषौ देखि बाल शिक्षा कोटाका लागी माग गरि रहेका थियौ तर जिल्लामा राजनितीक भागबण्डा हुने भएकाले हाम्रो विद्यालयमा पाएका थिएनौ अहिले गाउँपालिकाले दरबन्दी बढी भएको विद्यालय बाट काटेर हाम्रो विद्यालयमा दिए पछि खुशी लागेको छ ।
यसरी दरबन्दी मिलान सहित काम नगर्ने , खेताला शिक्षक राखी काम गर्ने शिक्षकहरु हेरफेर गरे पछि गाउँपालिकाले गरेको यस्तो निर्णयको चार्तफि रुपमा स्वागत भएको छ । जिल्लाको जयपृथ्बी नगरपालिका र बुंगल नगरपालिकाले पनि विद्यालयको पढाईको गुणस्तर सुधारका लागी जनप्रतिनिधीहरुले नियमित अनुगमन गर्ने , शिक्षकहरुको बिषयगत दरबन्दी मिलान गर्ने र विद्यार्थिहरुको अतिरिक्त क्रियाकलापलाई समेत सहयोग गर्ने कार्यक्रममा जोड दिएको छ ।
यसका साथै सबै स्थानियतहहरुले बालमैत्रि विद्यालयहरु बनाउने विद्यालयको खनेपानी ,सौचालय , भबनको सुबिधा लगायत बाह्य बाताबरण सुधारका लागि पनि योजना कार्यक्रमहरु दिने गरेको छ । जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ बझाङ प्रमुख सुरेन्द्र कठायतले बिगतमा शिक्षकहरु लाई हेरफेर गर्न निकै समस्या थियो । जनप्रतिनिधीहरुले विद्यालयको अबस्था हेरेर शिक्षक हेरफेर गर्दा राम्रो भएको वताउनुभयो ।
बझाङका स्थानिय तहहरुले आफनो निकाय मतहतका बिध्यालयहरुमा कार्यरत झण्डै ५ सय जना भन्दा बढी शिक्षकहरु लाई हेरफेर गरको छ । यसै गरि एक दर्जन जती विद्यालयहरु मर्जको प्रकृयामा समेत रहेको पाईन्छ । जिल्लामा ८ क्याम्पस सहित आधारभुत र मावी गरि ५ सय बढी विद्यालयहरु रहेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया