सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बन्दाले कसरी क्यान्सर रोकथाम गर्नसक्छ

वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन्। तिनमा बन्दा र ब्रोकोली पनि छन्।

‘क्रुसिफेरी’ वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ। तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन।

फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेका छन्।

क्यान्सर रिसर्च यूकेले धेरै सागपात खानु पर्नाका पर्याप्त कारणहरू रहेको बताएको छ।

  • क्यान्सर परीक्षणमा ठूलो उपलब्धि: वैज्ञानिक
  • क्यान्सरको औषधिको मूल्यमा ‘मनोमानी‘

यो अनुसन्धानले मुसा र प्रयोगशालामा विकसित आन्द्राको अध्ययन गरेर कसरी सागपातले आन्द्राको भित्री सतहलाई फेरिदिन्छ भनेर हेरेको थियो।

आन्द्राको सतह पनि छालाजस्तै निरन्तर रूपमा बनिराख्छ। यो प्रक्रियाका लागि चारदेखि पाँच दिन लाग्छ।

तर यो निरन्तर भइराख्ने प्रक्रिया नियन्त्रित हुनुपर्छ। नत्र यसले क्यान्सर वा आन्द्रामा ‘इन्फ्लमेशन’ अर्थात् शूल हुनसक्छ।

‘इम्युनिटी’ जर्नलमा प्रकाशित सो अनुसन्धानबारेको लेखमा उपर्युक्त सागपातमा भएका रासायनिक तत्त्वहरू महत्त्वपूर्ण रहेको उल्लिखित छ।

भान्सादेखि क्यान्सर रोकथामसम्म?

यी सागपात चबाउँदा बन्ने इन्डोल-३-कार्बिनल नाम गरेको रसायनबारे अनुसन्धानकर्ताहरूले अध्ययन गरे।

अनुसन्धानकर्ता डा. गिटा स्टकिङ्गर भन्छिन्, “सागपात धेरै नपाकोस्, ब्रोकोली ढाडिएको नहोस् भनेर हेक्का राख्नुपर्छ।”

  • क्यान्सर रोगको उपचार गर्ने नयाँ विधि प्रभावकारी
  • काँचो बन्दा वा मासु खानुहुन्छ?

पाचनप्रणालीभित्र यात्रा गर्दै जाँदा यो रसायन पेटमा हुने अम्लसंग मिसिएर परिवर्तित हुन्छ।

तल्लो आन्द्रामा यसले आन्द्राको सतह पुनरुत्पादन गर्ने ‘स्टेम सेल’ र शूल नियन्त्रण गर्ने ‘इम्युन सेल’हरूको गतिविधिलाई फेरिदिन सक्छ।

अनुसन्धानले इन्डोल-३-कार्बिनल प्रचुर मात्रामा हुने खानेकुराले आनुवंशिक कारणले उच्च जोखिम भएका मुसालाई पनि क्यान्सरबाट जोगाएको अनुसन्धानले देखाएको छ।

आन्द्राको क्यान्सरका लक्षणहरू:

  • दिसामा निरन्तर रगत देखिनु
  • धेरै पटक दिसा बस्नुपर्ने हुनु
  • पेट दुख्नु, फुल्नु र अप्ठेरो हुनु

सुरक्षात्मक खानाविना पेटका कोषहरू अनियन्त्रित रूपमा बढे।

स्टकिङ्गर भन्छिन्, “मुसाहरूमा ऐँजेरु बन्न थालेपछि हामीले उपयुक्त खाना दिन थाल्यौँ। त्यसले ऐँजेरुको वृद्धिलाई रोकिदियो।”

स्टकिङ्गरका अनुसार सो अनुसन्धानबाट पत्ता लागेको कुरा ‘आशाप्रद’ छ।

आफूले मासु खान घटाएर धेरै सागसब्जी खान थालेको उनी बताउँछिन्।

“यो अध्ययनबाट यो प्रणालीले कसरी काम गर्छ भन्नेबारे रासायनिक विधि थाहा भएको छ।”

बिबिसी नेपाली सेवाबाट साभार

  • १ भाद्र २०७५, शुक्रबार १३:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU