मेलम्ची खानेपानी आयोजनामा अख्तियारको छापा
काठमाडौं २९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत योजना कार्यान्वयन निर्देशनालय अनामनगरमा छापा मारेको छ।
डिआई (डक्टाइल आयरन) पाइप खरिदमा अनियमितता भएको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज दिउसो निर्देशनालयमा छापा मारेको हो ।
सोक्रममा खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया