सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

उपभोत्ता समितिमा आफ्ना मान्छे नपरेपछि गाँउपालिकाले सम्झौता गर्न मानेन
"सम्झौता गर्न लिएको फाईल नै उपभोत्ता समितिले जलाई दिए  "

डीबी विष्ट पुस १८ बझाङ । उपभोक्ता समितिमा आफ्ना मान्छे नराखेको भन्दै बझाङको विथ्थड चिर गाँउपालिकाले सम्झौता गर्न नमानेको पाईएको छ । सुनकुडा धारिडोबा ग्रामिण सडक निर्माणका लागि गाँउपालिकाले छुट्याएको ५८ लाख रुपैया सम्झौता गर्नका लागि पटक पटक गाँउपालिका पुगेका उपभोत्ता समितिका सचिब अम्मर विष्ट लगायको टिमले बुधबार गाँउपालिकामा नै फाईल च्यातेर आगोमा जलाई दिएका हुन् ।

गाँउपालिकाका उपाध्यक्ष जानकि बोहराले उपभोत्ता समितिको अध्यक्षमा आफ्ना मान्छे राख्न आग्रह गर्दा गर्दै वडा नम्बर ९ का वडा अध्यक्षले जनताले भनेका मान्छेहरु नै उपभोत्ता समितिमा राखि समिति गठन गरे पछि उपाध्यक्षले गाँउपालिकामा फाईल पुग्दा रोकेको वडा नम्बर ९ का वडा अध्यक्ष कलक विष्टले बताउनु भयो । उहाँले भन्नु भयो उपाध्यक्षले मलाई पटक पटक फोन गरेर आफ्ना मान्छे राख्न आग्रह गर्नु भएको थियो । मैले उहाँको कुरा भन्दा, जनताको कुरा सुनेर उपभोत्ता समिति गठन गरि दिएको वडा अध्यक्ष विष्टले बताउनु भयो । उपाध्यक्षले सडकका लागि छुट्याईएको रकम सम्झौता गर्न नमानेको र आफु मातहतका कर्मचारिहरुलाई पनि फाईल अगाडि नबढाउन निर्देशन दिएको उपभोत्ता समितिका सचिब अम्मर विष्टले बताउनु भयो । उपभोत्ता समिति गठन गरि सम्झौताका लागि पटक पटक गाँउपालिकामा पुग्दा कर्मचारि र त्यहाँका उपाध्यक्ष उपाध्यायले नमाने पछि आफुले फाईल नै च्यातेर जलाएर आएको उहाँको भनाई छ ।

सम्झौता गर्न करिब २० दिन जति गाँउपालिकामा धाएका थिएउ सम्झौता भएन । आफ्नो मान्छे उपभोत्ता समितिको अध्यक्ष पदमा नभएको भन्दै उपाध्यक्षले सम्झौता नगर्न कर्मचारिलाई समेत निर्देशन दिएको रहेछ । अन्तिममा हाम्रो केहि नलाग्ने र सम्झौता नै गर्न नसकिने भए पछि फाईललाई बोकेर राख्नु औचित्य नरहेको भन्दै फाईल च्यातेर जलाएको उनले बताए । यता गाँउपालिकाका उपाध्यक्ष जानकि बोहराले भने एक लौटि रुपमा उपभोत्ता समिति गठन गरेको भन्दै २।३ जनाले गाँउपालिकाको न्यायिक समितिमा निबेदन दर्ता गराएको र सोको छानविनका लागि  केहि दिन सम्झौत ागर्न रोकेको बताउनु भयो । साथै मंगलबार गाँउ कार्यपालिकाको बैठेक बसि सम्झौता गर्ने भन्ने निर्णय समेत गराई सकेको दाबि गर्नु भएको छ । उपभोत्ता समितिका सचिब अम्मर विष्टले आफ्ना मामा राख्नका लागि स्व नाटक गरेको आरोप समेत लगाउनु भएको छ । यता विष्टले आफुले उपभोत्ता समिति गठन नगरेको र वडा अध्यक्ष लगायत यहाँका स्थानिय उपभोत्ताहरुले नै समिति गठन गरेको ठोकुवा गरेका छन् । साथै गाँउपालिका उपाध्यक्षले निबेदन दर्ता भै सके पछि उक्त कुराको छानविन गर्न अहिले तत्काल सम्झौता नगर्न आफुले गाँउपालिकाका कर्मचारिहरुलाई समेत आग्रह गरेको स्वकार गर्नु भएको छ । साथै वडा अध्यक्ष र अम्मर विष्ट मिलेर आफ्ना देबरलाई धम्काएको आरोप समेत उपाध्यक्षले लगाउनु भएको छ । कार्यपालिकाको बैठेकले उक्त सडक निर्माण गर्नका लागि प्रदेश सरकारले उपलब्ध गराउने ५० लाख रकम रुष्ट भएका ब्याक्तिहरुलाई काम गर्न लगाउने र अहिले गाँउपालिकाको ५८ लाख रुपैया स्व समिति संगै सम्झौत ागर्ने निर्णय भएको समेत उपाध्यक्षले जानकारि दिनु भयो । उपाध्यक्ष तत्कालिन नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधि हुन् । उपभोत्ता समिति गठन गर्दा खेरि तिन जना विर बहादुर ढाँट, राईभान बोहरा र गाँउपालिकाका उपाध्यक्षका देबर मोहन बोहराको उम्मेद्धारी भए पनि बहुमतले विर बहादुर ढाँटलाई उपभोत्ता समितिको अध्यक्ष चयन हुनु भएको थियो ।

 

 

  • १८ पुष २०७५, बुधबार १४:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU