शिखर नगरपालिकाको नगर बस सेवा
प्रकाश बम,पुस १५ डोटी । डोटीको शिखर नगरपालिकाले नगर बस सेवा सञ्चालन गरेको छ ।

५६लाख ६० हजारको लगानीमा नगरपालिकाले दुई वटा बस सहित यातायात सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
आईतवार एक कार्यक्रमबीच शिखर नगर पलिकाका नगर प्रमुख सिताराम जोशिले नगर बसको उद्घाटन गरेका हुन् ।
नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको २६ सिट पास नगरबसले सर्बसाधारण नागरिकलाई सर्वसुलभ यातायात सेवा पुग्नेमा जोशिले विश्वास व्यक्त गरे ।
स्थानीय तह निर्वाचनका बेला नगरबस सेवा सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख रहेको र सर्बसाधारण यात्रुहरूले यात्राका क्रममा भोग्ने गरेको समस्यालाई मध्येनजर गरेर नगरबसको अवधारणा ल्याएको जोशिले बताए ।
नगर क्षेत्रमा सहज गाडी नपाउँदा घण्टौ कुर्नुपर्ने अवस्था रहेकाले यो अवधारणा ल्याएको बताउँदै उनले अब कम्तीमा पनि नगर बसले थोरै भएपनि राहत हुने बताए । नगरबसमा भाँडा सार्वजनिक यातायात भन्दा २५ प्रतिशत सस्तो रहेको समेत उनले बताए ।
बस संञ्चालनको कार्यविधि बनाएर सेवालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको जनाएको छ । सडकको स्तरउन्नोति पछि हरेक वडामा नगर बस पुर्याउने लक्ष्य रहेको समेत जोशिले बताए ।
कोराल खोला देखि सिलगढी सम्म नगर बस सञ्चालनमा आएपछि स्थानीय वासी हर्षित बनेका छन् ।
त्यस्तै नगर पालिकाले खरिद निमावलि अनुसार ३८ लाख ६९ हजारमा एक टिपर,३६ लाख ९५ हजारमा पिकअप गाडी ल्याएको नगर पालिकाका कार्यकारी प्रमुख धर्मराज विनाडिले बताए । एम्बुलेन्स अहिले खरीद प्रक्रियामा रहेको विनाडिले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया