सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप


धनबहादुर बिक, पुनर्वास १८ भाद्र । पुनर्वास १० विकासबस्तिमा तिजमा नाचगान गरिरहेका स्थानीय माथि सांघातिक हमला गर्ने दोषी युवाहरूलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गरेको पिडितहरूले आरोप लगाएका छन ।
जिल्ला को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० विकासबस्ति स्थित आश्रति टोल पिपल चौतारा मा हरितालिका तिज १० गते राति नाचगान गरिरहेको अवस्थामा साथमा खुकुरी लियर आएका पुनर्वास १० बिष्ट टोलका ६ जना युवाहरूले आश्रति टोलवासी ४ जना युवाहरूलाई सांघातिक हमला गरि फरार भएका थिए भने ६ जना मध्ये १ जनालाई मात्रै नियन्त्रणमा लिई अन्य हमलावर दोषी लाई प्रहरीले पक्राउ गर्न तदारुकता नदेखाएको पिडित हरूले गुनासो गरेका छन ।
भाद्र १० गते राति आफ्नै घरछेउ टोलमा तिज कार्यक्रम सम्पन्न गरि , साउन्ड सिस्टम थन्को – मनको गर्दै गर्दा ६ जना विभिन्न नाम गरेका दिपक बिष्ट , तेज बिष्ट , सुरज बिष्ट , गगन बिष्ट , भिम थापा र लोक बिष्टल लगायत ६ जना युवाहरूले अचानक अन्धाधुन्ध हमला गरेको पिडित पार्वती बिकले बताएकी छिन ।
हतियारधारी युवाहरूले सांघातिक हमला गर्दैगर्दा स्थानीय युवा रमेश बोहराले दुई थान खुकुरी खोस्न सफल भएका थिए भने १ खुकुरी सहित दोषी युवाहरू भाग्न सफल भएका हुन । उनका अनुसार हतियारधारी युवाहरूबाट बरामद गरिएको दुई थान खुकुरी प्रहरीलाई बुझाईएको छ ।
बिष्ट युवाहरूको प्रहारबाट पार्वती बिक का २२ बर्षिय छोरा राहुल बिक , सारदा आचार्य का छोरा केशव आचार्य , बाटुदेवि पार्कि का छोरा तिर्थराज पार्कि र ईश्वरी बयाडी का छोरा गणेश बयाडी घाइते भएका छन । घाईते युवाहरूको टाउको , निधार , हात पाखुरा , शरिरका विभिन्न भागमा चोट लागेको छ ।
बिष्ट युवा समुहको सांघातिक हमला पछि आत्मरक्षाका निमित्त पिडित पक्ष द्वारा गरिएको प्रहारमा एकजना युवाको समेत टाउकोमा चोट लागेको छ ।
पिडित पक्षले भाद्र ११ गते नै न्यायका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिमा किटानि जाहेरी दर्खास्त दिए पनि प्रहरीले १२ गते मुद्दा दर्ता गरेको छ ।
लगत्तै भाद्र १२ गते कै दिन पिडक पक्षले पनि पिडतहरूका विपक्षमा ई प्र का त्रिभुवनबस्तिमा उजुरि दिएका छन भने प्रहरीले मुख्य दोषीलाई पक्राउ नगरि पिडित पक्षलाई नै नियन्त्रणमा लिईको छ भने ज्यान मार्ने उधोग सहित खुकुरी प्रहार गर्ने दोषी हरू मध्ये एकजना मात्रै नियन्त्रणमा लिई अन्य पाँच जना दोषीलाई पक्राउ नगरिनु प्रहरी प्रति संकाको बिषय भएको पिडितहरूले गुनासो गरेका छन ।
प्रहरीले पिडितलाई झन पिडित बनाउने भुमिका गरेको पुनर्वास नगरपालिका वडा नम्बर १० का वडा सदस्य पदम उपाध्याय बताउँछन ।
वडा अध्यक्ष सुकदेब राना का अनुसार घटनामा मुख्य दोषी बिष्ट युवाहरूलाई प्रहरीले छिटोभन्दा छिटो पक्राउ गरि कानुनि उपचार तर्फ लाग्नुपर्ने कुरामा जोड दिए । पिडितले न्यायका लागि प्रहरीलाई तत्काल किटानी जाहेरी दिई सक्दा पनि प्रहरीले दोषी हरूलाई पक्राउ नगरिनु प्रहरी माथि संकाको बिषय भएको देखिन्छ वडा अध्यक्ष रानाले दावि गरे ।
रातिको १२ बजे कसैको घरआगनमा तिजको रमाइलो गरिरहेका बेला खुकुरी लियर मानवीय क्षति पुर्याउने उदेश्य ले आक्रमण गर्ने दोषी लाई जाहेरी दिएको एकसाता पुग्दा समेत पक्राउ नगरिनु अत्यन्तै निन्दनीय भएको अध्यक्ष राना बताउँछन ।
आफू कानुनि दायरामा रहि कर्तव्य निर्वाह गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक महेश बिक्रम शाही ले बताए ।
एकजनालाई नियन्त्रणमा लिएका छौ फरार रहेका अन्य दोषी हरूको खोजि कार्य जारि छ छिटै पक्राउ गरि कानुनि कार्वाही गरिनेछ प्रहरी निरिक्षक शाही बताउँछन् ।
दोषी उपर यथासिघ्र कानुनि कार्वाही भएन भने प्रहरी विरूद्ध कडा आन्दोलन गरिने पिडित पक्षले चेतावनी दिएका छन ।

  • १९ भाद्र २०८२, बिहीबार ०९:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU