सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फेरि आन्दोलनमा शिक्षक महासंघ, भदौ २१ देखि सशक्त प्रदर्शनको तयारी

काठमाडौं ९ भाद्र । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० मा असहमति जनाउँदै पुनः आन्दोलनको सुरुवात गरेको छ । यही सिलसिलामा महासंघले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । तर प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट नपाएपछि महासंघले सिंहदरबारस्थित प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेलमार्फत पत्र बुझाएको हो ।

यसअघि महासंघले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनको पहिलो चरणअन्तर्गत प्रधानमन्त्री ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र प्रमुख दलका सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यतालिका तय गरिएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार संसद्मा पेस गरिएको विधेयकले शिक्षकको सेवासुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाउने खालको प्रावधान ल्याएको छ । उनले गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको स्मरण गर्दै भने, ‘‘तर भदौ ६ मा प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा ती सहमति र विगतका सम्झौता प्रतिबिम्बित नभएकाले हामी पुनः आन्दोलनमा उत्रिनुपरेको हो ।’’

महासंघले सरकारले विगतका २०७५, २०७८, २०८० र २०८१/८२ मा गरेका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेको छ । साथै, अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धामार्फत पदपूर्ति (हालको ६०–४० को सट्टा) सुनिश्चित गर्नुपर्ने, आवधिक बढुवा व्यवस्था गर्ने, म्याद सकिएका अध्यापन अनुमतिपत्र नवीकरण गर्ने, विद्यालय कर्मचारीको तलब तथा पद संरचना मिलाउने, बालकक्षा शिक्षकलाई सेवा सुविधा दिने, संस्थागत विद्यालयका शिक्षकको सुरक्षाको ग्यारेन्टी गर्ने र द्वन्द्वपीडित शिक्षकलाई उपदान दिने माग राखिएको छ । महासंघले शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधानप्रति पनि कडा आपत्ति जनाएको छ ।

आन्दोलन कार्यक्रमअनुसार भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लास्तरमा २ घण्टे धर्ना दिइनेछ । त्यसपछि भदौ २१ बाट दोस्रो चरणमा प्रवेश गर्दै अझ कडा आन्दोलनका रूपमा धर्ना, अवरोध र विरोध प्रदर्शन गरिने महासंघले चेतावनी दिएको छ ।

  • ९ भाद्र २०८२, सोमबार १४:२९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU