सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नियम विपरित चुरेको दोहन

धनगढी ११ पौष । सरकारी ऐन कानूनलाई उल्लंघन गर्दै कैलालीको चुरे क्षेत्रमा पर्ने नदीबाट अवैध रुपमा बालुवा,गिट्टी,ग्राभेल र ढुंगा उत्खनन गरी दोहन भईरहेको छ ।

कैलालीको चुरेगाउँपालिका ४ मा पर्ने खोला,नदीबाट अवैध रुपमा ढुंगा,बालुवा, गिट्टी,भरान,माटो तथा ग्राभेल उत्खनन कार्य अझै रोकिएको छैन् ।

सरकारले अरबौ रकम लगानी गरेर चुरे क्षेत्र सरंक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको समयमा चुरे क्षेत्र सहित जिल्लाको विभिन्न नदी तथा स्थानबाट भइरहेको अवैध बालुवा,गिट्टी उत्खनन् रोक्न राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय खुमलटार,ललितपुरले निर्देशनसहित सम्बन्धित निकायलाई पत्राचार गरेपनि उत्खनन् कार्य अझै रोकिएको छैन ।

चुरे गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन ९आईई० नै नगरिएका स्थानबाट नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा निकासीको ठेक्का दिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन ९आईई० नै नगरिएका स्थानबाट नियम विपरित नदीजन्य पदार्थ संकलन गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् । स्थानीयहरुको बिरोध र जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशन समेत बेवास्ता गर्दै ठेकेदारहरुले जथाभावी ढंगले नदीजन्य पदार्थ उत्खनन् र निकासी गर्दै आएका छन् ।

गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाले नगरपालिका अन्र्तगत पर्ने बाँसखोला,सिताखाली खोला,राजि बुकरा,पिपल कुण्डा,गौरीगंगा खोला,ताकखोला,ढाँटखोला र बट्टेगरा,बालुवागरा र कान्द्रा नदीबाट नदीजन्य पदार्थ उत्खनन्,संकलन तथा निकासीका लागि कर संकलनको लागि दाहाल मल्टिटेड प्रा।लि।ले ठेक्कापट्टा पाएको थियो ।

तर, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका अन्र्तगतका नदीजन्य पदार्थ उत्खनन्को ठेक्का पाएका ठेकेदार कम्पनीले गौरीगंगा र गोदाबरी नगरपालिका अन्र्तगत पर्ने खोला,नदी चुरे गाउँपालिका क्षेत्र भित्र पर्छ भनी जवरजस्ती नियम विपरित उत्खनन् गर्दै आएका छन् ।

नियम बिपरित नदीजन्य पदार्थको उत्खनन् कार्य नरोकिएपछि सामुदायिक बन समन्वय समिति गौरीगंगाले राष्टपति चुरे तराई मधेश संरक्षण समितिको केन्द्रीय कार्यालय खुमलटाल ललितपुरमा जानकारी गराउदा राष्टपति चुरे तराई मधेश संरक्षण समितिले गत मंसिर २० गते चुरे र मोहन्याल गाउँपालिकालाई चुरे क्षेत्र अन्र्तगतका नदीबाट नदीजन्य पदार्थ उठाउन पाउने भनी ठेक्का दिन नमिल्ने भनी उक्त गाउँपालिकाको नाममा लिखित आदेश गर्दा पनि उक्त गाउँपालिकाका ठेकेदारहरुले जबरजस्ती करको रकम उठाई रहेको छन् ।

राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिले अवैध उत्खनन् कार्य रोक्न पठाएको पत्र प्राप्तपछि जिल्ला प्रहरी कार्यालय,जिल्ला समन्वय समिति,डिभिजन बन कार्यालय धनगढीलाई पत्राचार गरिसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादब बहादुर भण्डारीले बताएका छन् । यद्यपी जिल्ला समन्वय समिति,डिभिजन बन कार्यालय र जिल्ला प्रहरीको लापरवाहीका कारण ठेकेदारहरुले चुरे क्षेत्रबाट गैरकानूनी रुपमा स्काभेटर प्रयोग गरेर धमाधम ग्राभेल, बालुवा, गिट्टी निकालिरहेका छन् ।

कैलाली प्रशासनको निर्देशन टेरेन गाउँपालिकाले

जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशन चुरे गाउँपालिकाले टेरेको छैन । जिल्ला प्रशासन कार्यालयले गत मंसिर २७ गते चुरे गाउँपालिका वडा नं।४ स्थित विवादित क्षेत्रमा उत्खनन् कार्य रोक्न निर्देशनसहितको पत्राचार गरेपनि उत्खनन कार्य अझै रोकिएको छैन् ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई अटेर गर्दै चुरे गाउँपालिकाले उत्खनन् कार्य रोकेको छैन् । चुरे गाउँपालिकाकै निर्देशनमा कर संकलन ठेकेदारले धमाधम उत्खनन् गरी निकासी गरी रहेका ।

प्रचलित नियम कानून र संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ असार ३१ गतेको निर्णयको बुदा नं।१ बमोजिम र राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिको चुरे क्षेत्रमा विकास निर्माणका लागि वातावरणीय संरक्षणका मापदण्डहरु २०७२ को अनुसूचि १ मा उल्लेखित चुरे क्षेत्रका नदी,खोलाबाट नदीजन्य पदार्थ ९ढुंगा, गिट्टी, वालुवा, माटो आदी ० हटाउने वा संकलन, उत्खनन कार्यको स्वीकृति सम्बन्धि कार्यबिधि २०७१ को बुदा नं।२ को प्रकृया पुरा नगरेको अवस्था देखिएको सन्दर्भमा कालीखोला र वालुवा खोला चुरे संरक्षण क्षेत्रमा पर्ने भएकोले तत्काल नदीजन्य पदार्थ संकलन तथा उत्खनन कार्य रोक्नका लागि गत मंसिर २४ गते राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिले जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशनसहितको आवश्यक सहयोग सम्बन्धी पत्राचार गरेको थियो ।

सोही अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले मंसिर २७ गते निर्देशन कार्यान्वयन गर्न ताकेता सम्बन्धमा चुरे गाउँपालिकालाई पत्राचार गरेको थियो ।
कटवाल डटकमबाट साभार

  • ११ पुष २०७५, बुधबार ०७:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU