बझाङ जिल्लामा अबैध मदीरा नष्ट
डीबी विष्ट बझाङ १० पुस । जिल्ला प्रहरी कार्यालय बझाङले सदरमुकाम चैनपुरमा अबैध मदीरा बरामत गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायब निरीक्षक विरेन्द्र सिहँ कार्कीको कमान्डोमा खटी गएको प्रहरीको टोलीले सदरमुकाम चैनपुरमा होटेल र पसलहरुमा छापा हान्दा ३ सय ६५ लिटर मदीरा बनाउनका लागी राखीएको कच्चा पदार्थ र ८५ लिटर अवैध तयार पारेको मदीरा बरामत गरी नष्ट गरेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो । समाजमा हुने अपराधिक गतीविधीहरु कमगर्नका लागी मदीरालाई नियन्त्रण गर्न आवष्यक रहेका कारण जिल्ला प्रहरी कार्यालयले समाजमा उत्पादन गरीने अवैध मदीरालाई पटक पटक छापा हान्दै नियन्त्रण गर्ने गरेको धितालले जानकारी दिनु भयो ।

केही समय अघी मात्रै हजारौ लिटरहरु अवैध मदीरा बरामत गरी प्रहरीले नष्ट गरेको उहाँले बताउनु भयो । बझाङ जिल्लामा मदीराका कारण महिला तथा बालबालीकाहरु माथी हिंशा बढ्दै गएको जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख रहेको समेत धितालले बताए ।
समाजमा हुने यस्ता प्रकारका अवैधानीक गतीविधीहरुलाई कमगर्न यहाँका स्थानीय बासिन्दाहरुको साथको आवष्यक रहेपनी साथ नपाईने भएका कारण अवैध मदीरा नियन्त्रण गर्न निकै चुनौती रहेको समेत डीएसपी धिताले बताउनु भएको छ । समाजमा हुने महिला तथा कालकालीका माथी हुने हिंशा क मगर्नका लागी अबैध मदीरालाई निषेधित गर्न आवष्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यलयले निरन्तर अभियान संचालन गर्दै आएको समेत उहाँले दाबी गर्नु भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया