नेपाली सेनाका २१ जनाको बढुवा

काठमाडौं १ श्रावण । नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा भएको छ । एक जना प्रमुख सेनानी, एक जना महासेनानी र १९ जना सहायक सेनानीहरुको बढुवा भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया