सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

धनगढी २७ असार । क्रिकेट नगरीका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान गरेको छ। शुक्रवार कलेजको सभा हलमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जनही २५–२५ हजार रुपैयाँ नगद पुरस्कारका साथै मास्टर्स तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै सम्मान गरिएको हो ।

सम्मानित खेलाडीहरू हालै मलेसियामा सम्पन्न ‘एसीसी मेन्स यू-१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगिता’मा सहभागी भई नेपाली यू-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगै उपाधि जित्न सफल भएका थिए।
कार्यक्रममा बोल्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय गौतमले विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गर्ने कलेजको निरन्तर अभ्यास अन्तर्गत होनहार खेलाडीहरू भट्ट र रावललाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए।
“कलेजले प्रदान गरेको यो आजीवन छात्रवृत्तिले राष्ट्रका लागि समर्पित खेलाडीहरूलाई थप हौसला मिल्नेछ भन्ने हाम्रो विश्वास छ। उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना छ,” उनले भने।
सचिन र सुशीलले मलेसियाबाट फर्कँदा एसपीए कलेजले धनगढी विमानस्थलमै स्वागत गरी सयौँ विद्यार्थीहरूको उपस्थितिमा सम्मान गरेको अनुभव सुनाउँदै यसले उनीहरूलाई मात्र नभई क्रिकेटमा भविष्य देखिरहेका अन्य धेरै खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। “हामी कलेज परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौँ, यो सम्मान प्राप्तिबाट हामीहरूको हौसला निकै नै बढेको छ ।” उनीहरूको भनाइ थियो।
एसपीए कलेजले विगतमा पनि खेलकुद क्षेत्रका साथै अन्य विविध विधाका प्रतिभाशाली विद्यार्थीहरूलाई पूर्ण वा आंशिक छात्रवृत्तिहरू प्रदान गर्दै आएको छ।
यसअघि पनि कलेजले युएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी सुदूरपश्चिमका तीन खेलाडी  मनीषा उपाध्याय, स्नेहा महरा, सावित्री धामी तथा प्रशिक्षक जानकी भट्टलाई एकमुष्ट एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको थियो ।
  • २७ असार २०८२, शुक्रबार २०:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU