सबै वडामा खेल मैदान बनाउदै छौं‚ नगरप्रमुख
धनगढी, ७ पुस । धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले सबै वडामा खेल मैदान निर्माण गर्ने कार्य भैरहेको बताएका छन् ।
सुक्रवार उपमहानगरपालीका ११ स्थीत ठेकराज माविले आयोजना गरेको अन्तर मावि कवड्डी प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले अधिकांस वडामा खेल मैदान निर्माणका लागि बजेटको ब्यबस्था समेत गरिएको बताए । उनले भने, हामीले अभियान नै चलाएका छौं नभएका ठाउँमा समेत मैदान निर्माण गरिने छ ।
नगरप्रमुख वडले सबै वडामा फरक फरक खेल प्रतियोगिता आयोजना गर्ने काम धनगढी उपमहानगरपालीकाले गरिरहेको बताए । उनले भने, वडा नं ११ मा कवड्डी खेल प्रतियोगिता आयोजना गरिएको हो । दशै यता मात्रै धनगढीमा वडा तहमा थुप्रै फुटवल तथा भलिवल प्रतियोगिता संचालन गरिएको बताउदै नगरप्रमुख वडले भने, एक वडा एक खेलकुद मैदान निर्माणका लागि काम गरिरहेका छौं । उनले खेलाडी भएको समाज अनुसाशित हुने गरेको पनि नगरप्रमुख वडले बताए ।
त्यसैगरी धनगढीको वडा नं ८ मा आयोजना गरिएको भलिवल प्रतियोगितामाको पनि समापन गरियो । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले धनगढी नगर खेलकुदको उर्वर नगरभएको बताए ।
जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दिपक सिंहले खेलकुदका क्षेत्रमा धनगढी सधै अगाडी भएको बताए । उनले भने,विद्यालयतह बाट नै खेलाडी उत्पादन गर्ने लक्ष्य जिल्ला खेलकुद विकास समितिले लिएको छ ।
उक्त कवड्डी प्रतियोगितामा ८ वटा विद्यालयका टिमहरु सहभागि रहेको आयोजक विद्यालयका शिक्षक सुभास भण्डारीले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया