सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भीमदत्त नगरपालिकाका मेयर विष्टले गरे झोलुङ्गे पुलमा सरसफाई

महेन्द्रनगर, ७ पुस । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले झोलुङ्गे पुल क्षेत्रमा सरसफाई गरेका छन् । समुदाय प्रहरी साझेदारी अन्र्तगत भीमदत्त नगर स्तरीय पालिका समितिको अगुवाईमा शनिबार झोलुङ्गे पुल क्षेत्रमा गरिएको सरसफाई कार्यक्रमा नगर प्रमुख विष्टले पुल क्षेत्रमा सरसफाई गरेका छन् ।

सरसफाई कार्यक्रममा भीमदत्तका नगर प्रमुख विष्ट सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायत, वडा प्रहरी कार्यालयका इन्चार्ज सूर्य बहादुर थापा, ट्राफिक इन्चार्ज भरत बहादुर शाह, भीनपा वडा नं। १३ का वडा सदस्य शंकर उपाध्यय, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल लगायत अधिकारकर्मी, स्थानीय सहभागी भएका छन्। सरसफाई कार्यक्रममा बेदकोट नगरपालिका वडा नं। १० का वडा अध्यक्ष केशव रावल पनि सहभागी भएका छन् । अध्यक्ष रावल झोलुङ्गे हेर्न आएका हुन् । यसैगरी माछापुच्छ«े बैक महेन्द्रनगर शाखाका प्रमुख विकास बिक्रम शाह लगायतका कर्मचारीहरु सरसफाई सहभागी भएका छन् । नगर प्रमुख विष्ट सहितले पुल आशपासको क्षेत्रममा कुचो लगाएर सफा गरेका छन् ।

भीमदत्तका नगर प्रमुख विष्टले सफा, स्वस्थ र हरित भीमदत्त नगर बनाउने क्लिन सिटी ग्रिन सिटी नारा अनुसार हरेक शनिबार बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘सबै क्षेत्रसित सहकार्य र समन्वय गरी भीमदत्त नगरलाई सफा, स्वस्थ्य र हरित बनाउन यो सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएका छा, यसलाई निरन्तरता दिन्छौ’ उनले भने,‘यसले नगर स्वच्छ बनाउन सहयोग पुगाउने आशा राखेका छौ ।’

झोलुङ्गे पुल पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएकाले यस क्षेत्रमा सरसफाई लगायत पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा पुल क्षेत्रमा पिकनिक स्पट र उद्यान बनाउन बजेट विनियोजन गरेको छ । गत वर्ष गुरु योजना बनाएको थियो । गुरु योजना अनुसार यस वर्ष पिकनिक स्पट सहितका संरचना निर्माण सुरु गरिन लागेको हो ।

नगर प्रमुख विष्टले फोहर उत्पादन गरेर मात्रै नभई व्यवस्थापनमा पनि सबैले नागरिकले सहयोग गर्नु पर्नेमा जोड दिए ।

सरसफाई अभियानमा सहभागी बेदकोट नगरपालिका वडा नंं। १० का वडा अध्यक्ष केशव रावलले पुल घुम्न आउँदा सरसफाईमा सहभागी हुने मौका पाएको बताए ।

‘यो अभियानले म निकै खुसी छु, घुम्न आउने क्रममा सहभागी हुने मौका पाए, यसले सरसफाईका लागि अरुलाई पनि सकारात्मक सन्देश जान्छ’ उनले भने,‘बेदकोटमा पनि अभियान सुरु भएको छ, वडा वडामा पनि सरसफाई अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छौ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज भरत बहादुर शाहले सरसफाई अभियानले स्थानीयमा सरसफाई सम्बन्धी जनचेतना फैलिने बताए ।

सरसफाई अभियानमा सहभागी भएका माछापुच्छे बैकका शाखा प्रबन्धक शाहले सरसफाई सफा सहर बनाउने सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै बंैकले हरेक शनिबार सरसफाईमा सहभागी हुने बताए ।

कञ्चनपुर सदरमकाम महेन्द्रनगरसित दोधारा चाँदनीलाई जोड्न महाकाली नदीमा झोलुङ्ग पुल निर्माण गरिएको हो । पुल क्षेत्रमा व्यवसाय गर्दै आएको राम बहादुर बोहराले भीमदत्तका नगर प्रमुख सहित सुरक्षा अधिकारी आएर सरसफाई कार्यक्रम गर्न सबैको लागि खुसीको कुरा भएको बताए ।

‘२०६१ मा पुल बनेपछि अहिलेसम्म यो क्षेत्रमा सरसफाई भएको थिएन, स्थानीय तह निर्वाचन भयो, नगर प्रमुख सहित सरसफाईका लागि आउनु भयो, यो कसैले सोचेका पनि थिएनन्’ उनले भने,‘यसले पुलमा आउने पर्यटकलाई राम्रो भएको छ, अब सफा राख्न पहल गर्छौ ।’

भीनपा वडा नं। १३ का महिला स्वास्थ्य स्वयम्सेविका वसन्ती खड्काले सरसफाई अभियान वडाका सबै वस्तीमा सञ्चालन गरिनु पर्नेमा जोड दिइन् ।

वडा नं। १३ का वडा सदस्य शंकर उपाध्ययले सहभागीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरे । भीनपा सरसफाई शाखा प्रमुख पुष्पराज भट्टले अर्को शनिबार भीनपा वडा नं। १८ मा सरसफाई कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

  • ७ पुष २०७५, शनिबार ०९:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU