रवि ओडले जिते दोस्रो नेपाल आइडलको उपाधि
निराजन परियार धनगढी ६ । रवि ओडले संगीतिक रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणको उपाधि जितेका छन्।

उपाधिसँगै रविले होन्डा गाडी र २२ लाख नगद हात पारे। उपाधि उचालेपछि रविले भने, ुमसँग शब्द छैन्। यो जित हामी शीर्ष चारमा परेका हरुको हो। मैले जित्नु भनेको तपाईहरुको जित हो। हामी चारजना नै विजेता हो यो नेपाल आइडलको।ु
बिक्रम बराल पहिलो रनअप बन्दा सुमित पाठक दोस्रो रनरअप बने भने अस्मिता अधिकारी तेस्रो रनर अप बनिन्।
मजदुर परिवारको छोरो
रवि वि।सं।२०५४ मा कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिए। तर उनको पुर्ख्यौली घर भने अछामको बुढाकोट हो।
पछि पहाडको पखेरोले जिन्दगी धान्न कठिन भएपछि उनीहरु तराई सरे। कञ्चनपुरको गुलरियामा सानो घर बनाए, त्यहीँ बसे।
तराईमा काम पाइन्छ र सजिलै जिन्दगी धान्न सकिन्छ भनेर तराई छरेको रविको परिवारलाई निकै समस्या पर्यो।
जीवन धान्न रविका हजुरबुबा र बुबा कामको खोजीमा भारत हानिए। अहिले पनि रविका बुबा भारतमा चौकीदारको काम गर्छन्।
चौकीदारी गरेर कमाएको दुईरचार हजार भारुले रविको परिवार पालिँदै आएको छ।
आर्थिक अवस्था कमजोर हुँदा रवि कामको खोजीमा १२ बर्षको उमेरमा भारततिर लागे।
त्यहाँ उनले खुबै दुख गरे। तर उनको यो दुख बुुबाले देख्न सकेनन्। त्यसैले नेपाल फर्किए।
बुबाले ‘जति दुख गर्नु छ, म गर्छु, तँ घर फर्केर पढाई गर’ भनेको अहिले पनि सम्झिन्छन्, रवि।
‘नेपाल आइडल’ यात्रा
सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे। विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइ हाल्थे।
रविको गीत सबैलाई मन पथ्र्यो। उनको गीत सुन्नेहरु भन्थे, ‘यो केटो भोलि गएर ठुलो गायक बन्छ।’
घरको आर्थिक अवस्था कमजोर भएकाले रविले धनगढीमा रहेको पश्चिम सेती दोहोरी साँझमा गीत गाउन थाले। दोहोरी साँझको यात्रा ३ महिना मात्रै चल्यो, किनभने पछि दोहोरी साँझ नै बन्द भयो।
त्यसपछि उनी मध्य पश्चिमका पहाडी जिल्लाहरुमा विभिन्न प्रस्तुति दिँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए।
रविका हजुरबुबापनि गीत गुन्गुनाउने गर्थे। स्थानीय देउडा गायन गर्थे। गीत गाउने प्रेरणा हजुरबुवाबाट पाएको रवि सुनाउँछन्।
हजुरबुबाको प्रेरणाबाट गीत गुनगुनाउन सुरु गरेका रविमा विस्तारै गीत र संगीतको नशा चढ्दै गयो।
बिस्तारै रवि भित्रको गायन कलाले निखार पायो। र, उनले नेपाल आइडलको मञ्च पाए।
रविको त्यो अडिसनको दिन
‘नेपाल आइडल सिजन(२’ को पहिलो पटक धनगढीमा पनि अडिसन हुँदैछ भन्ने सूचना रविले साथीहरुबाट सुने।
त्यसपछि नेपाल आइडलको ‘स्टेज’मा गीत गाउन उनले पनि आइडलमा सहभागिता जनाए।
रवि जस्ता धेरैले सुदूरपश्चिमको धनगढी अडिसनबाट सहभागिता जनाए, केही छनोटमा पनि परे। तीमध्ये रवि पनि एक हुन्।
‘अब जाउँला रेलमा, माया तिम्रो साथैमा’ बोलको, कमल खत्रीको आवाजमा रहेको गीत रविले प्रस्तुत गरे।
‘जज’ मा रहेका तीनैजनालाई रविको स्वर मन पर्यो। यसरी नेपाल आइडलका लागि काठमाडौँसम्मको उनको यात्रा तय भयो।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया