विद्युत प्रति उपभोक्ताको आक्रोश
रमित बिक पुष ५ बाजुरा । त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीको सेवा प्रति उपभोक्ता हैरान बनेका छन । मासिक रुपमा सेवा अवरुद्ध हुने र मर्मत कै नाममा सेवाबाट वञ्चित गराउने गरिएको प्रति उपभोक्ताले आक्रोश पोखेका छन् ।
तीन दशक पुरानो विद्युत मेसिनलाई समेत फेर्न नसक्ने निकायले जिम्मेवारी लिनु राम्रो नहुने भन्दै केही वर्षदेखि उपभोक्ता सेवाप्रति असन्तुष्टी जनाउँदै आएका छन् । विद्युत प्राधिकरणले सञ्चालन गर्दै आएको विद्युत केही वर्षदेखि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ ।
जिल्लाको सदरमुकाम जस्तो क्षेत्रमा मासिक रुपमै हप्तैसम्म सेवा अवरुद्ध गर्ने र सेवा वापतको शुल्क असुल गर्न नछोड््ने कार्यप्रति सामाजिक सञ्जाल मार्फत उपभोक्ताले आपत्ती जनाएका छन्् । नयाँ मेसिन जडान नगर्ने र नियमित सेवा दिन नसक्ने भए प्राविधिकरणलाई नै फिर्ता गर्न उपभोक्ताको माग छ ।
विद्युत बडिमालिका नगरपालिका सहीत खप्तड छेडेदह गाउँपालिका ६ सुदाडासम्म पनि सञ्चालनमा रहेको छ । करिब १५ हजार बढी जनसंख्यालाई मर्कामा राख्ने र दैनिक कामकाज नै अवरुद्ध हुने गरि सेवा अनियमित बनेको प्रति सरकारी तथा गैर सरकारी निकाय पनि आक्रोशीत बनेका छन् ।

यता त्रिवेणी साना जलविद्युत केन्द्रले भने मेसिनमा खराबीका कारण मर्मत गर्न ढिलाई भएको बताएको छ । भारतको नयाँ दिल्लीबाट प्राविधिक बोलाएर मेसिन मर्मत गर्नु परेकोले ढिलाई भएको र केही दिनमै सबैतिर नियमित हुने बताएको छ ।
उपभोक्ताले भने बर्षादमा बाढीका कारण नहर बगाएर अनियमित हुने हिउँदमा पावर बढी खपत हुँदा आपूर्ति गर्न नसक्दा मेसिन खराबी हुने समस्या समाधान गर्न नसके प्राविधिकरणकै जिम्मा लगाउनु पर्ने माग गरेका छन्् । धेरै जसोले केन्द्रीय विद्युत प्रशारण लाईन तत्काल जडान गराउन पहल गरि दीगो समाधान गर्न माग गरेका छन् ।
विद्युत अनियमित हुँदा कार्यालयका कामकाज ठप्प छन्। भने चिसोको समयमा पानी तताएर खान समेत पाएका छैनन्। जिल्ला स्थित सञ्चार माध्यम पनि अनियमित बनेका छन् । रेडियो बाजुरा विद्युत आपूर्ति नहुँदा साता दिन देखि अनियमित छ ।
विद्युत अवरुद्ध भएको र सोलारमा समस्या आएकोले नियमित गर्न नसकिएको र सोलार मर्मत गरेर केही दिनमै १८ घण्टा नियमित सञ्चालन हुने रेडियो व्यवस्थापन टिमले बताएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया