सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

समलिंगी सम्बन्ध स्वीकार नगर्ने परिवारले युवतीलाई जबरजस्ती लग्दा प्रहरी मौन

काठमाडौँ  २८ बैशाख ।  समलिंगी सम्बन्धलाई स्वीकार नगर्ने परिवारका कारण विवाह गर्न गएका दुई युवती बिचल्लीमा परेका छन्। एक युवतीलाई प्रहरीले बचाए पनि अर्की युवतीलाई भने जबरजस्ती परिवारको जिम्मा लगाइएको छ, जसमा प्रहरीकै संलग्नता देखिएको छ। २२ वर्षीया रमिता तामाङ (परिवर्तित नाम) र उनकी समकक्षी शिलु रम्तेल (परिवर्तित नाम) दुई वर्षदेखि समलिंगी सम्बन्धमा थिए। उनीहरू विवाह गर्न सिन्धुलीको सुनकोशी गाउँपालिकामा निवेदन लिएर पुगेका थिए। तर रमिताको परिवारले जबरजस्ती उनलाई छुट्याउन ‘हराएको’ भनी प्रहरीमा उजुरी दिएको थियो।

शुक्रवार बिहान सातदोबाटो प्रहरी वृत्तमा दुवै परिवार पुगेपछि तनावग्रस्त स्थिति बन्यो। रमिताकी भाउजू प्रहरी कार्यालयमै शिलुसँग झम्टिइन्। प्रहरीले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गर्दा रमिता शिलुसँगै विवाह गर्न चाहेको खुलेको थियो। तर, परिवारले मानेन। प्रहरीले सुरक्षाको कारण देखाएर दुवै युवतीलाई जाउलाखेल महिला सेलमा पठायो। तर, त्यहाँ पनि रमिताकी भाउजू आक्रामक रूपमा प्रस्तुत भइन्। उनले रमितालाई अपहरण शैलीमा तानेर लैजाने प्रयास गरिन्। प्रहरीले ‘कानुनी कारबाही हुन्छ’ भनेपछि उनी केही समय शान्त भइन्।

तर, अन्ततः जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले रमितालाई दाइभाउजूकै जिम्मा लगाउने निर्णय गरे। रमिता असुरक्षित हुने बताउँदै रोएकी थिइन्, तर उनको आवाजलाई बेवास्ता गर्दै उनलाई जबरजस्ती परिवारसँग पठाइयो। शिलुले प्रहरीकै अगाडि अपहरणजस्तो शैलीमा रमिता लगिएको भन्दै आपत्ति जनाइन्। “जसबाट म असुरक्षित छु, त्यसैको जिम्मा दिन मिल्छ?” भन्ने उनको प्रश्नमा महिला सेलका अधिकारी मौन भए।

यस घटनाप्रति प्रतिक्रिया दिँदै संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले गम्भीर मानवअधिकार उल्लङ्घन भएको भन्दै विज्ञप्ति जारी गरेका छन्। “प्रहरीकै संलग्नतामा समलिंगी महिलाको अपहरण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो केवल प्रशासनिक लापरबाही होइन, समलिंगी समुदायप्रति राज्यको गैरजिम्मेवार रवैया पनि हो।” नेपालको सर्वोच्च अदालतले २०८० असार १२ गतेको आदेशबाट समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाहको अधिकार दिएको छ। हालसम्म १५ भन्दा बढी समलिंगी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्।

मायाको पहिचान नेपालले रमिता र शिलुको सुरक्षाको ग्यारेन्टी गर्न, दोषी प्रहरी अधिकारीमाथि छानबिन गर्न र भविष्यमा यस्ता घटनाबाट जोगिन सरकारसँग आग्रह गरेको छ।

  • २८ बैशाख २०८२, आईतवार ०१:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU