भारतबाट ल्याईएको ३८ कट्टा गहुँ २ कट्टा तोरी प्रहरी द्वारा नियन्त्रणमा

धनबहादुर बिक – पुनर्वास -बैसाख २४ भारतबाट अवैधरूपमा तस्करी गरि ल्याईएको करिब ७५ हजार बराबरको गहुँ तथा तोरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार पुनर्वास नगरपालिका ६ टाउन बजार नजिकै बेवारिसे अवस्थामा प्रहरीले ३८ कट्टा गहुँ तथा २ कट्टा मा रहेको तोरी फेला पारी नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश बिक्रम शाहिले दिएको जानकारी अनुसार बुधबार बिहान प्रतिभानगर टाउन को पछाडि पट्टि कट्टा मा थुपारेर राखेको अवस्थामा अन्दाजी १५ कुन्टल गहुँ तथा १ कुन्टल तोरी बेवारिसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका गहुँ तथा तोरी बुधबार नै गढ्ढा चौकि भन्सार चलान गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया