सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वासको ऐतिहासिक प्याराताल परिसरमा सेमिनार हल बन्ने

धनबहादुर बिक  पुनर्वास १९ बैसाख कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा रहेको ऐतिहासिक प्यारातालमा सेमिनार हल बन्ने भएको छ । शुक्रबार प्याराताल परिसरमा सेमिनार हल निर्मारार्थ सिलन्यास गरिएको छ । ३० फुट चौडाइ ६० फिट लम्बाइ मा निर्माण हुन लागेको उक्त सेमिनार हलको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नरबहादुर बिक ले सिलन्यास गरेका हुन । संघिय सरकार को विनियोजित ९० लाख तथा पुनर्वास नगरपालिका को २० लाख गरउ १ करोड १० लाख बजेट मध्येबाट ७३ लाख ४९ हजार ६५६ रूपैया लागतमा सेमिनार हल , ८५ मिटर तटबन्ध तथा माटो भरान कार्य को ठेका बेलौरी नगरपालिका मा रहेको गणेश निर्माण सेवाले पाएको वडा अध्यक्ष नरबहादुर बिकले जानकारी दिएका छन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ सांसद तारालामा तामाङ को विशेष पहलमा उक्त बजेट विनियोजित गरिएको हो भने सिलन्यास को समयमा वडाले खबर नगर्नु दुखत बिषय भएको सांसद लामाले गुनासो व्यक्त गरेका छन । प्याराताल परिसरमा सभाहल निर्माण भईसकेपछि , विभिन्न संघसंस्था तथा राजनिती पार्टी ले बैठक बस्न सक्नेछन , शुभ बिवाह , जन्मदिनको पार्टी जस्ता कार्यक्रम गर्नलाई सहज हुने वडा अध्यक्ष बिकले बताएका छन । सुविधासम्पन्न सेमिनार हल , अनि ताल परिसरमा तटबन्ध बनिसकेपछि प्यारातालको स्वरूप परिवर्तन देखिने छ साथै आन्तरिक तथा बाह्य पर्यटन अवलोकनकर्ता बढ्दै जाने वडा सदस्य राजन सुनारले जोड दिए ।

सेमिनार हल असारमसान्त भित्र सम्पन्न गरिने वडाले जनाएको छ भने तोकिएको मापदण्डअनुसार तथा समयसिमा भित्र सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको गणेश निर्माण सेवा का सञ्चालक दिलिप चन्दले बताएका छन । करिव ४ किमि लम्बाइमा रहेको प्यारा तालमा विश्वमा दुर्लभ जलचरमा सुचिकृत भएको ओद , दक्षिणी एशियामा दुर्लभ पहेँलो धुरे प्रजातिको कछुवा लगायतका जलचर प्राणीहरुको वासस्थान रहेको एबं तालमा झन्डै ३५ प्रजातिका माछा र गोहिको वासस्थान रहेको स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले प्याराताल लाई पर्यटकिय क्षेत्र मा विकास गर्न करिब दुई बर्ष देखि कम्मर कसेर लागिपरेका कारण पछिल्लो समय विभिन्न संघसंस्था , उधोगि व्यापारी , वैदेशिक रोजगार मा कार्यरत व्यक्ति , स्थानीय समाजसेवी लगायतले स्वस्फूर्तरूपमा प्याराताल पर्यटन क्षेत्र को आकर्षक बढाउन प्यारातालको जैविक पहिचान स्वरूप सो क्षेत्रमा माछा , गोंहि , बन बिरालो , कछुवा , मृग , मयुर लगायतका प्रतिमाहरू स्थापना गरिकेका छन जसको अवलोकन गर्न कैलाली कञ्चनपुर बाट अवलोकनकर्ता हरू आउने गरेको पाईन्छ ।

  • १९ बैशाख २०८२, शुक्रबार १६:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU