स्वास्थ्यकर्मी साउँदद्धारा भ्रमण भत्ताको रकमले वृद्धवृद्धाको उपचार
त्रिप्ती शाही बैतडी २६ मसिंर । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ मा रहेको चौखाम स्वास्थ्य चौकीका ईन्चार्ज हेमन्त सिह साउदले तालिमबाट आएको दैनिक भ्रमण भत्ताबाट वडामा रहेका दलित वृद्धवृद्धाहरुलाई निशुल्क औषधी वितरण गर्न सुरु गर्नुभएको छ ।

आफु कार्यरत संस्थाको वडामा रहेका ७० वर्षभन्दा माथीका वृद्धवृद्धाहरुलाई साउदले घरमै पुगी निशुल्क औषधी वितरण गर्नुका साथै स्वास्थ्य जाचँ पनि गर्नुभएको छ ।
पहिलो दिनमा तिनजना वृद्धाहरु सिता देवी चुनारा , देवा लुहार र सुना देवी लुहारको स्वास्थ्य जाचँ गरी औषधी वितरण गर्नुभएका स्वास्थ्य चौकी ईन्चार्ज साउदले वडामा रहेका अन्य ६ जना ७० वर्ष माथीका दलित वृद्धवृद्धाहरुको पनि स्वास्थ्य जाचँ गरी औषधी वितरण गर्ने बताउनुभएको छ ।
वडा कार्यालयको तथ्याङक अनुसार उक्त्त वडामा ७० वर्ष भन्दा माथीका ९ जना वृद्धवृद्धा रहेको पाईएको बताउदै उहाँले सबैको स्वास्थ्य उपचार गरी निशुल्क औषधी वितरण गर्ने बताउनुभयो ।
उहाँले शक्त्ती दिने भिटामीन , दम , झाडापखाला , कम्मर दुख्ने , आखा रसाउने लगाएतका औषधीका साथै नुहाउने सावुन पनि वितरण गर्नुभएको छ । स्वास्थ्य जाचँको क्रममा वृद्धाहरुमा उच्च रक्त्तचाप संगै दम भेटिएको उहाँले बताउनुभयो ।
केहि दिन अघी आफुले सहभागीता जनाएको इम्पलान्टको तालिमबाट आएको दैनिक भ्रमण भत्ताबाट वडामा रहेका दलित वृद्धवृद्धाहरुलाई स्वास्थ्य उपचारका साथै निशुल्क औषधी विरण गरिरहेको साउदले बताउनुभएको छ।
घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाचँ गरी निशुल्क औषधी वितरण गर्दा स्थानीयहरु खुसी भएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया