आठ सय घर धुरिमा सुधारिएको रकेट मास चुलो वितरण
मंसिर २५ गते डोटी । डोटीको सिखर नगर पालिकामा आठ सय सुधारिएको रकेट मास चुलो वितरण गरिएको छ। नगर पालिकाको वडा नम्बर ३,४र १०मा उक्त चुलो वितरण गरिएको सिताराम तेज स्मृति प्रतिस्ठानका अध्यक्ष दीर्घ बलायर बताए ।
यहि मंसिर २१ गते देखि नगर पालिकामा उक्त चुलो वितरण कार्यक्रम शुरू गरिएको हो।

तीन वडा भित्र रहेका बिपन्न परिकारका सदस्यलाई मध्यनजर गरेर नगरपालिकाको आर्थिक सहयोगमा सुधारिएको मास चुलो वितरण गरिएको नगर प्रमुख सीताराम जोशीले बताए ।
इन्धनको कम खपत, खाना पकाउदा कम धुवाँ आउने भएकाले यसले बिपन्न परिवारका सदस्यलाई ठुलो राहत हुने भएकाले कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख जोशीले बताए ।

अहिले वडा ३ मा २५०,४मा २५० र १०मा ३०० घर धुरीलाई चुलो वितरण गरिएको सीताराम तेज स्मृति प्रतिस्ठानका अध्यक्ष बलायले बताए । ८ सय घर धुरीका ४ हजार जना लाभान्वित हुने समेत उनले बताए ।
चुलो पाउदा स्थानीयले खुशी व्यक्त गरेका छन् ।
सिताराम तेज स्मृति प्रतिस्ठानको आयोजना तथा सिखर नगर पालिकाको आर्थिक सहयोग र नेपाल सरकारको अनुदानमा मंसिर २१ गते देखि आज ९मंगलबार० सम्म चुलो वितरण गरिएको जनाएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया