सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिममा भएको जडिबुटीको सदुपयोग हुन नसकेकाे गुनासाे

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३, मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई सुदूरपश्चिम प्रदेश सरकारले नहेरेको गुनासो गरिएको छ। मंगलबार चिकित्सालयले आयोजना गरेको सञ्चारकर्मीहरूसँग आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सो गुनासो गरिएको हो।

कार्यक्रममा चिकित्सालय व्यवस्थापन समिति अध्यक्षका नरेशबहादुर विष्टले सुदूरपश्चिम प्रदेश सरकारले चिकित्सालयलाई नहेरेको गुनासो पोखे। ‘यस चिकित्सालयलाई अगाडि बढाउनुप¥यो भनेर दुई वर्षअघि देखि पहल गरिरहेको छु। तर कुनै पनि सुनुवाइ भएको छैन। मुख्यमन्त्री, सामाजिक विकास र अर्थमन्त्रालय हाम्रो टिम धाइरहेको छ,’ उनले भने, ‘धनगढीका १९ वटै वडाका जनप्रतिनिधिहरूलाई पनि भनेको छु।’

चिकित्सालयलाई ५० शय्याको बनाउनका लागि आवश्यक उपकरणहरू अभाव रहेको उनले बताए। सुदूरपश्चिममा भएको जडिबुटीको सही सदुपयोग हुन नसकेको उनको भनाइ थियो।

चिकित्सालयका मेडिकल सुपरिटेण्डेण्ट डा. राम कामेश्वर ठाकुरले प्रादेशिक आयुर्वेदले दिइरहेका सेवाका बारेमा आम जनसमुदायसम्म पुर्‍याइदिन सञ्चारकर्मीहरूलाई अनुरोध गरे। उनले चिकित्सालयमा जनशक्ति पनि अभाव रहेको बताए। ‘हामीले सामाजिक विकास मन्त्रालयसँग ११४ जनाको दरबन्दी माग गरेका छौँ । जसमा ८ जना विशेषज्ञ पनि मागेका छौँ,’ उनले भने, ‘विशेषज्ञहरूले आगामी आर्थिक वर्षदेखि सेवा सुरु गर्नेछन् भन्ने आस छ।’

उक्त कार्यक्रममा चिकित्सालय व्यवस्थापन समितिका प्रतिनिधि, जिल्लास्थित पत्रकारलगायतको उपस्थिति रहेको थियो।

  • १५ माघ २०८१, मंगलवार १७:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU