धनगढीमा यसरी मनाईयो मानव अधिकार दिवस
धनगढी । दिगो विकास र मानवअधिकार नेपालीको मूल आधार भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व मानव अधिकार दिवस मनाइने भएको छ ।

डिसेम्वर १० अर्थात् मङ्सिर २४ गतेका दिन विश्वभर मानवअधिकार दिवस मनाइन्छ ।

धजगढीमा पनि राष्ट्रिय मानव अधिकार लगाएत मानव अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरुले सयुक्त रुपमा कार्यक्रमको आयोजना गरि यो कार्यक्रम मनाएका छन् ।

धनगढीको चौराहबाट सुरु भएको प्रभात फेरी पार्कमोड सम्म पुगेको थियो ।

कार्यक्रममा मानवअधिकारकर्मीहरुले नेपालमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको संस्थागत विकासका लागि मानवअधिकारको पूर्ण संरक्षण र समबद्र्धन गरिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि विश्वभरि नै डिसेम्वर १० तारिखका दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउन शुरु गरिएको हो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया