सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

१२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल, जन्मदर्ताको छाप नक्कली !

काठमाडौं । पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो ।

पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले भने ।

बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको कागजात जाँच गरेको थियो । जाँचका क्रममा प्रमाणीकरणका लागि लगाइएको छाप नक्कली भएको पाइएको हो । त्यसपछि पोर्चुगलले १२० नेपालीलाई डिपोर्ट गर्ने निर्णय गरेको हो ।

काठमाडौं । पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो ।

पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले बाह्रखरीसँग भने ।

बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको कागजात जाँच गरेको थियो । जाँचका क्रममा प्रमाणीकरणका लागि लगाइएको छाप नक्कली भएको पाइएको हो । त्यसपछि पोर्चुगलले १२० नेपालीलाई डिपोर्ट गर्ने निर्णय गरेको हो ।

“जालसाजी मुद्दामा १२० नेपालीलाई ६ महिनाभित्र पोर्चुगल छोड्न र पाँच वर्षसम्म पोर्चुगल प्रवेश गर्न नपाउने गरी कारबाही सुनाइएको छ,” बास्तोलाले बताए ।

नेपालीले पेस गरेका प्रहरी रिपोर्ट, जन्मदर्ताजस्ता कागजाज प्रमाणीकरण गर्दा लगाइएको छाप नक्कली पाइएको थियो ।

दूतावास नहुँदा सास्ती
पोर्चुगलमा अहिले ६० हजारभन्दा बढी नेपाली छन् । तर, त्यहाँ नेपाली दूतावास छैन । यद्यपि, सरकारले दूतावास खोल्ने निर्णय गरिसकेको छ । सरकारले हालैमात्र पोर्चुगलको नेपाली राजदूत नियुक्त गरेको छ । नयाँ राजदूत प्रकाशमणि पौडेल दूतावास स्थापना गर्न पोर्चुगल जाने तयारीमा छन् ।

हाल पोर्चुगलमा अवैतनिक वाणिज्यदूत छैनन् । फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलको समेत काम गर्दै आएको छ ।

“यहाँ दूतावास नहुँदा यहाँ रहेका नेपालीले कागजात प्रमाणीकरण गर्न दलालहरूलाई बुझाउने गरेका छन् । दलालले एउटा कागजात प्रमाणीकरण गरेको ६०० युरोसम्म लिने गरेका छन् । दलालहरूले भने त्यस्ता कागजातमा नक्कली छाप लगाएर सम्बन्धित व्यक्तिलाई दिन गरेको अहिले खुलेको छ, जसका कारण ठूलो संख्यामा नेपाली डिपोर्टमा परेका छन्,” बास्तोलाले भने ।

नेपालीले बुझाएको कागजातमा शंका लागेपछि पोर्चुगलले त्यसको जाँच गर्न भारतको नयाँ दिल्लीस्थित आफ्नो दूतावासमा पठाएको थियो । नयाँ दिल्लीस्थित दूतावासले कागजात प्रमाणीकरण गर्न लगाएको छाप नक्कली भएको सूचना पठाएपछि पोर्चुगल सरकारले नेपालीमाथि कारबाही गरेको हो ।

“नेपालीले बनाएका कागजात सक्कली हुन् । तर, त्यो प्रमाणीकरण गर्न लगाइएको छाप नक्कली भएको पाइएको हो,” बास्तोलाले भने, “यस्तो जालसाजी मुद्दामा कति नेपाली पर्ने हुन्, यकिन छैन ।”

लाखौँ रुपैयाँ खर्चेर नेपाली पोर्चुगल जाने गरेका छन् । तर, दलालको फन्दामा पर्दा आउने दिनमा धेरै नेपाली डिपोर्ट हुने सम्भावना बढेको छ ।

“पोर्चुगल सरकारले जसलाई डिपोर्ट गरेको छ, उनीहरू उक्त निर्णयविरुद्ध अदालतमा जान पाउँछन् । तर, एउटा वकिलले एकपटक अदालतमा पेस हुँदा २५० युरो लिन्छन् । यो खर्च धान्न मुस्किल पर्छ,” बास्तोलाले भने ।

पीडित नेपालीहरूको पक्षमा गैरआवासीय नेपाली संघ, फ्रान्सस्थित नेपाली दूतावास कसैले आवाज नउठाएको उनले बताए ।

बाह्खरीबाट

  • १० माघ २०८१, बिहीबार १३:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU