डोटीमा पुर्व मन्त्रि भट्टलाई कालो झण्डा (भिडियो सहित)
प्रकाश बम डोटी २३ मंसिर । नेकपाका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टलाई उनको पुर्खेउली जिल्ला डोटीमा कालो झण्डा देखाइएको छ ।

पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हो ।
सहिद स्मृति आवासिय बिद्यालयको कार्यक्रमका लागि डोटी पुगेका भट्टलाई नेबि संघ, नेपाल तरुण दल, तथा लेखक संघको संयूक्त टोलीले आईतवार कालो झण्डा देखाएको हो ।
जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ति दिदैं गोदावरीको जंगलमा राजधानी सारिनु र प्रदेशको नाम सुदूरपश्चिम राख्नु आपत्ति जनक कुरो हो । नेबि संघका पुर्व केन्द्रिय सदस्य विजय ओझाले भने,‘डोटीबाट राजधानी खोस्ने, यहाँका जनताको अधिकार खोस्ने जो कोहीका बिरुद्ध नेबि संघ सधैंभरी लागी रहने छ ।’
भट्टका विरुद्धमा लेखराज भट्ट मुर्दाबाद, डोटी बिरोधि नेता मुर्दाबाद, ठाउँ छैन भन्नेलाई ठाउँछैन, सहिद स्मृतिको नाममा राजनीति गर्न पाइदैन, सहिद स्मृती बिद्यालयको सम्पती सार्वजनीक गर लगायतका नाराबाजी सहित प्रदर्शन गरेको थियो ।
कैलालीको अत्तरिया निवासी माओवादी केन्द्रका नेता भट्ट अत्तरियाको गोदावरी जंगलमा राजधानी बनाउने मुख्य व्यक्ति हुन् । उनको पुर्खेउली घर समेत डोटीनै रहेको छ ।
यसअघि नेता भट्टले डोटीमा १०÷१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै सञ्चार माध्यममा अन्तरवार्ता दिएपछि डोटीमा भट्टको पुत्लादहन समेत गरिएको थियो ।
डोटीका बिरुद्धमा प्रदेशमा मत हाल्ने नेता, मुख दर्शक बनेर बस्ने डोटीबाट निर्वाचित सांसद लगायत सबैलाई कालो झण्डा देखाइने, डोटीमा रोक लगाउने, टिन बजायर भगाउने जस्ता योजनाहरु बनाइएको नेपाल तरुण दलका नगर सभापती लालबहादुर कठायतले बताए ।
एक घण्टा पछि जिप छोडीयो
दिपायलबाट राजपुर सम्म प्रदर्शनकारी चढेर गएको शैलेश्वरी यातायात व्यवसायी समितिको से १ ज ५३१ नम्बरको जीप प्रहरीले एक घण्टा नियन्त्रणमा लिइ छोडेको छ । प्रदर्शनकारी बोकेर ल्याएको आरोपमा प्रहरीले उक्त जीप नियन्त्रणमा लिएको जनाएको छ ।
जनताले शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्न पाउँने, बिरोध गर्न पाउँने प्रजातान्त्रीक हकको सरकारले हरेक ठाउँमा दमन गर्दै प्रति नेपाली काँग्रेस डोटीका सदस्य जित खड्काले आपत्ति जनाएका छन् ।
हेरौ भिडियो
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया