ड्रोन उडाउने दुई विदेशी नागरिक प्रहरी नियन्त्रणमा
शिर २१, डोटी । स्थानीय प्रशासनबाट अनुमति नलिई ड्रोन उडाउदै गरेको अवस्थामा आज डोटीमा दुई जना डेनमार्कका नागरिक प्रहरीले नियन्त्रमा लिएको छ ।
मं
डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट बिहान साढे सात आकाशमा ड्रोन उडाईरहेको देखेपछी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।
प्रहरी नियन्त्रणमा रहेका बिदेशी नागरिकलाई कस्तो कारबाही हुने भन्ने विषयमा अहिले निर्णय भई नसकेको कारबाही प्रक्रियाको बारेमा नागरिक उडीयन प्राधिकरण लाई लेखि पठाएको हुदा माथीबाट जवाफ अनुसार कारबाही प्रक्रिया अघाडी बढाईने समेत उपरिक्षक माझिले बताए । पक्राउ पर्नेमा प्रबीन हर्जोथ र कारोलिन बोसिरुब रहेको प्रहरीले जनाएको छ ।
श्रोतका अनुसार अन्तराष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको छाउपडी प्रथा र बाल बिबाहको बारेमा डकुमेन्ट्री बनाउन डोटी पुगेको बताइएको छ। उनिहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बताइएको छ । उनिहरुका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया