रोल्पामा जिप दुर्घटनामा परी एकको मृत्यु

रोल्पा,२५असोज। रोल्पामा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका-४ अरुवा भन्ने स्थानमा रीजाबाङ- घर्तिगाउ भित्री सडक खण्डमा रिजाबाङ बाट घर्तिगाँउ तर्फ जादै गरेको लु १ ज ४५८० नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी माडी गाउँपालिका-४ खस्रेडाँडा बस्ने भिउसन डाँगीको छोरा बर्ष २५ को अर्जुन डाँगीको मृत्यु भएको प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार डाँगीलाई घर्तिगाँउ स्थित स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी रोल्पा अस्पताल रेउघामा पठाइएकोमा शुक्रबार बिहान साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको थियो।
घटना बिहिवार रातको १० बजेको समय घटेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ६५ मिटर तल खसेको बताइएको छ ।प्रहरी निरीक्षक देब सिंह भण्डारीको कमाण्डमा-९ जनाको टोलि घटनास्थलमा पुगेका थिए । उक्त गाडीमा ३ जना सवार रहेकोमा अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया