भैसीको आलमा परेर निधन भएका बालकको पोष्टमाटम पछी दासंस्कार
डीबी विष्ट मंसीर २१ बझाङ ।
भैसीको आलमा डुबेर निधन भएका जयपृथ्वी नगरपालीका वडा नम्बर ११ का ३ बर्षिया बालक अभिशेक जेठाराको पोष्टमाटम पछी दाहसंस्कार गरीएको छ ।
विहीबार दिउसो घर नजीकै रहेको भैसीका लागी बनाईएको खालीआल मा डुबेर तिन बर्षिया बालकको निधन भएको थियो । घरका आफन्तहरु काममा गएको समयमा भैसी खेल्ने आलमा डुबेर बेहोस भएका कालकाको उपचारका लागी जिल्ला अस्पताल ल्याउदै गर्दा विच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकको राती पोष्टमाटम पछी शुक्रबार विहान दाहसंस्कार गरीएको। हो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया