सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

चुनावबाट आउन नसक्नेलाई पनि राज्यसत्तामा समावेश गरिनुपर्छ : सभापति देउवा

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन कानुन (टीआरसी) बनेपछि देश विकासको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बुढानीलकण्ठको पार्क भिजेलमा आयोजना भएको दिर्द्यराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचनको अवसरमा बोल्दै उनले साे कुरा बताएका हुन् ।

उनले हिजो  र आजकाे परिस्थिति फरक भएको भन्दै अहिलेको प्राथमिकता देश विकास हुने बताए ।  ‘टीआरसी सर्वसम्मत संसदबाट पारित गरेका छौँ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुन बनेको छ‚’ उनले भने‚ ‘पुरानो द्वन्द्व काटमार सबै कुरा अन्त्य हुने विश्वास छ । नेपाल विकास लगायत अत्यन्तै महत्त्वपूर्ण काममा अघि बढ्ने विश्वास छ ।’

सभापति देउवाले जनयुद्धताका धेरै लडाइँ भएको भन्दै लडाइँमा जित्ने वा हार्नेभन्दा पनि शान्ति प्रक्रिया महत्त्वपूर्ण भएको बताए ।  ‘राजासँग लडाइँ परेको छ मलाइ पनि थुनेको छ । झन्डै मारिसकेको थियो शाही आयोग गठन गरेर दुःख दियो‚’ उनले भने‚ ‘राजाले अति गरेर सबैलाई दुःख दिएपछि ठिक ठाउँमा राख्नुपर्दछ भनेर गणतन्त्रको बाटोमा हामी आएको हो ।’

सभापति देउवाले अहिलेको बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र भएको भन्दै यसलाई स्थायी रूपमा स्थापित गर्नुपर्ने बताए ।  ‘कतिपय कुरा संविधानमा संशोधन हुने कुरा छ । सबैले आवश्यक ठाने हुन्छ । संविधान समावेशी र समानुपातिक व्यवस्था छ‚’ उनले भने‚ ‘यसमा कतिपय मान्छे चुनावबाट आउन सक्दैन उहाँहरूलाई कुनै किसिमले राज्यसत्तामा समावेश गरिनुपर्छ । यो महत्त्वपूर्ण कुरा हाे । यसमा अध्ययन गरेर अझ बढी राम्रो बनाउन सकिन्छ ।’

सभापति देउवाले संविधान संशोधन गराउन सक्ने अवस्था भएपनि संविधानको फन्डामेन्टल कुरामा परिवर्तन हुन नसक्ने भन्दै थपे‚ ‘समावेशीको आधारमा संविधान बनेको छ, सबै नेपाली अटाउने संविधान छ । कति देशले संविधान र समावेशितालाई धन्यवाद र बधाई दिएका छन् । राम्रो कुरा पनि लेखेका छन् ।’

देउवाले सबैभन्दा महत्त्वपूर्ण विषय लोकतन्त्र र मानवअधिकार भएकाले निर्बाध रूपमा डर त्रास मुक्त समाज निर्माण गर्ने र अझ मुलुकलाई अन्य देशको भन्दा भाइब्रेट डेमोक्रेसीलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

  • १४ भाद्र २०८१, शुक्रबार १५:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU