सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बजेट नल्याउने सरकार, जरिवाना तिर्नुपर्ने जनताले

कैलाली । कैलाली धनगढीस्थित यातायात व्यवस्था कार्यालयमा अहिले भिडभाड छ । नवीकरण, जाँचपास, रोड परमिट, नामसारी लगायतका लागि सेवा लिन आउनेहरूको घुइँचो बढिरहेको छ ।

यो घुइँचो साउन १ गतेदेखि नै हुने थियो ।तर, सरकारले बजेट पारित गर्न नसकेपछि यातायात कार्यालयमा आउने सेवाग्राहीहरू सेवा नपाएरै फर्किने गरेका थिए ।

साउन २४ गतेसम्म यसरी फिर्ता भएका सेवाग्राही अर्का दिन अर्थात् साउन २५ गते आउँदा कर मात्रै तिर्नुपरेन उनीहरूले करसँगै जरिवाना पनि तिर्नु प¥यो ।

समयमा कर तिर्न आएकाहरूलाई फेरि आउनु भन्दै फर्काएको कार्यालयले नै अहिले धमाधम सेवाग्राहीसँग जरिवाना लिइरहेको छ ।

असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन सकेन । कांग्रेस नेतृत्वको सरकारले अहिलेसम्म पनि नयाँ बजेट ल्याउन सकेको छैन । कर संकलन सम्बन्धी व्यवस्था अध्यादेशबाट गरिएको भए पनि खर्च गर्ने व्यवस्थाबारे सरकारले कुनै व्यवस्था गरेको छैन । जसका कारण प्रदेश सरकार उधारोमा चलिरहेको छ ।

अहिलेसम्म बजेट ल्याउन नसकेको सरकारले कर संकलन सम्बन्धी भने साउन २४ गते ल्याएको थियो । त्यो भन्दा पहिले कर तिर्न आउँदा पनि नलिएको कार्यालयहरूले अहिले जनताबाट करसँगै जरिवाना लिन थालेपछि उनीहरू मारमा परेका हुन् ।

यातायात व्यवस्था कार्यालय प्रमुख नरेन्द्र शाह समय नाघिसकेको अवस्थामा जरिवाना लिने गरेको बताउँछन् । सेवाग्राहीको गल्ती नहुँदा पनि सेवाग्राहीले जरिवाना तिर्नुपरेको उनी पनि स्वीकार गर्छन् ।

‘सेवाग्राहीको लापरबाहीका कारण उहाँहरू ढिला आउनु भएको होइन ।तर, जरिवाना मिनाहा गर्ने व्यवस्था भएको छैन ।त्यसैले हामीले ढिला आउनेहरूसँग कानुनले तोकेको अनुसारको जरिवाना लिइरहेका छौ’ कार्यालय प्रमुख शाहले भने ।

आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी धनबहादुर रोकायाले अध्यादेशमार्फत समाहीक कर संकलन ऐन मात्रै आएको भन्दै जरिवाना पनि तिर्नु पर्ने बताउँछन् । सरकारले ल्याएको अध्यादेशमा अघिल्लो आर्थिक वर्षलाई नै आधार मानेर कर संकलन गर्ने भनिएको छ ।

‘सरकारले ल्याएको अध्यादेश कर संकलन सम्बन्धी मात्रै हो त्यसमा जरिवाना मिनाहा गर्ने कुनै व्यवस्था हुँदैन’ उनले भने, ‘जरिवानाको विषय आर्थिक ऐनमा उल्लेख हुन्छ ।’

सरकारले जरिवाना मिनाहा गर्ने कुनै व्यवस्था नगर्दा सरकारकै लापरबाहीको मार सेवाग्राहीलाई परेको छ । पहिलो पटक समयमा आउँदा पनि सरकारकै कारणले नवीकरण गर्न नपाएकाहरू दोस्रो वा तेस्रो पटक आउँदा नवीकरणसँगै थप दस्तुर तिरेर फर्किरहेका छन् ।

  • ९ भाद्र २०८१, आईतवार १४:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU