सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ‘प्रधानमन्त्रीको पदसँग जोडेर कार्यक्रम नबनाउनू’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई ठूला पदसँग जोडेर  कुनै पनि कार्यक्रमहरु नबनाउन निर्देशन दिएका छन् ।

बिहीबार गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षापछि चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाबारेको छलफल र पूर्वतयारीबारे निर्देशन दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री/मन्त्री/मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु नबनाउन निर्देशन दिएका हुन् ।

बरु जनतासँग जोडेर कार्यक्रमहरु बनाउन प्रधानमन्त्री ओलीको निर्देशन छ ।

‘प्रधानमन्त्रीसँग रोजगार जस्ता ठुला पदका नामबाट कार्यक्रम नराखौँ । कहाँ निर्णय गरेर हुन्छ ? अहिले सञ्चालित कार्यक्रमका नामहरु पनि परिवर्तन गरौँ । बरु जनतासँग रोजगार जस्ता नाम राखेर कार्यक्रम थालौँ । केन्द्रको सिको गरेर मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्, त्यस्तो गर्नु उपयुक्त होइन,’ प्रधानमन्त्री ओलीको निर्देशनबारे उनको सचिवालयले भनेको छ, ‘सरकार फेरिएपछि योजना र काम गर्ने तरिकामा नयाँपन आउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिको योजनामा सम्पूर्ण समय दिएर काम गर्न सम्बन्धित मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिए । त्यस्तै, पुँजीगत खर्च शत प्रतिशत बनाउन र बेरुजु नहुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन छ ।

उनले दशौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि समेत आवश्यक सरसल्लाह गरेर अघि बढ्न निर्देशन दिए ।

‘खाद्यान्नमा आत्मनिर्भर हुने र बजारमा स्वस्थ्य खाना उपलब्ध हुने वातावरण बनाउनुस् । कृषि उपजलाई निर्यात गर्न सक्ने आधार तय गर्नुस् । कानुन मात्रै धेरै बनाइयो भनेर हुन्नँ। गरिबलाई कानुन मात्रै दिएर के काम ? कानूनले खान दिने होइन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन ।’

कान्तिपुरबाट

  • ३१ श्रावण २०८१, बिहीबार १४:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU