सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सार्वजनिक खरिद ऐनलाई सरकारले व्यवस्थित गर्छ : मन्त्री दाहाल

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन भएको बताए ।

उनले विगतमा एउटा कुनै ठूला निर्माण व्यवसायीसँग लबिइङ गरेको आधारमा नियमावली संशोधन गरिने पाइएको भन्दै सार्वजनिक खरिद सम्बन्धी कानुनलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले भौतिक मन्त्रालयले सरकारको पुँजीगत खर्च बढाउनका लागि आयोजनाहरुको प्रारम्भिक अध्ययन गरी समस्याको समाधान खोज्ने बताए ।

उनले भने, ‘भौतिक मन्त्रालयले सरकारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाहरुको प्रारम्भिक अध्ययन गर्दैछौं । आयोजनाहरु कार्यान्वयनमा नीतिगत समस्याहरु रहेका छन् । सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन भएको छ । एउटा कुनै ठूला निर्माण व्यवसायी आएर लभिङ गरेको आधारमा नियमावली संशोधन भएको विगत छ । सार्वजनिक खरिद सम्बन्धी कानूनलाई व्यवस्थित गर्न आवश्यक छ । सरकारले सार्वजनिक खरिद नियमावलीलाई व्यवस्थित गर्नुपर्ने भएको छ । पुँजीगत खर्च बढाउन संरचनागत र कर्मचारी तन्त्रमा पनि समस्या रहेका छन् । नेतृत्वमा पारदर्शिता नहुँदा पनि समस्या भएको छ ।’

मन्त्री दाहालले स्मार्ट सवारी चालक अनुमति छाप्ने साँचो भेण्डरको हातमा भएकाले बार्गेनिङका लागि समय–समयमा सर्भर डाउन गरिदिने गर्दा लाइसेन्स छपाइमा समस्या सिर्जना भएको बताए । ‘भेन्डरले सरकारबाट भुक्तानी नपाएको र सरकारसँग त्यो खालको प्राविधिक नभएकाले बार्गेनिङ गरेकाे छ । भारत लगायतका देशसँग प्राविधिक ल्याउनु पर्ने अवस्था छ । त्यसलाई पूर्ण रुपमा सरकारको हातमा ल्याएर सवारी साधन छपाइलाई रिफर्म गर्न जरुरी रहेको छ,’ उनले भने, ‘सरकारले यातायात नीति अगाडि बढाएको छ । यातायात नीतिका आधारमा सरकारले ऐनहरु बनाउनुपर्ने हुन्छ । ऐनमा रहेका समस्या सरकारले समाधान गर्दै लग्नेछौं ।’

उनले सडकमा देखिएका समस्या प्राथमिकता छुट्याएर समाधान गर्ने भन्दै सरकारले सडक सुरक्षासम्बन्धी ऐन पनि बनाउन लागेको बताए ।

  • १६ श्रावण २०८१, बुधबार १५:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU