सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सरकार अस्थिरताका कारण विकासले गति लिन सकेको छैन : सांसद वीर बहादुर थापा

धनबहादुर बिक पुनर्वास सरकार अस्थिरताका कारण क्षेत्र को विकास ले गति लिन नसकेको सुदूरपश्चिम प्रदेससभा सदस्य वीर बहादुर थापाले बताए । शनिबार पुनर्वास नगरपालिका १० भिमबस्ति स्थित वाईसी बिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारणसभा का अवसरमा सांसद थापाले सो कुरा बताएका हुन ।

स्वच्छ खानेपानी पिउ स्वस्थ रहौ भन्ने मुल नारा सहित वाईसी बिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को तेस्रो साधारणसभा सम्पन्न भएको छ । पछिल्लो समय समग्र देशको राजनीति ईस्थाई नभएकोले जुन उदेश्य का साथ जनताले हामीलाई निर्वाचित गर्नुभएको छ , मुलतः त्यो उदेश्य पूरा हुन सकेको छैन सांसद थापाले भने ।

देशमा स्थापित लोकतन्त्र र गणतन्त्रको प्रभावले सर्वसाधारण जनताले बोल्न पाएका छन लेख्न पाएका छन , जसले गर्दा देशमा धेरै परिवर्तन पनि आएको छ । पछिल्लो समय सरकार निरन्तर परिवर्तन हुने क्रमले चाहे अनुसारको विकास ले गति लिन सकेको छैन यद्यपि देशमा विकास हुदैनभएको होइन तर जुन गतिले विकास हुनुपर्ने हो त्यो पूरा हुन नसकेको उनले बताए । सांसद थापाले पुनर्वासको समग्र विकासका लागि संसदमा आफुले निरन्तर मुद्दा उठाउदै आएको बताए । अहिले को सरकार जनताका समस्या प्रति उदासिन भएको हो कि आसंका उत्पन्न हुँदै आएको छ ।

तर पनि पुनर्वासको समग्र विकासका लागि आफू निरन्तर लागिपरेको सांसद थापाले बताए । खानेपानी संस्था साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै दुई कोठे भवनका लागि छिट्टै पहल गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे । सञ्चालनमा आए पश्च्यात अत्यन्तै प्रभावकारी सेवा प्रवाह गर्दै आएको वाईसी बिचवा खानेपानी संस्थाले खानेपानी को पउँच नभएका तथा सामाजिक रूपमा पछाडि पर्दै आएका विपन्न परिवार सदस्य लाई पनि निशुल्क रूपमा सेवा पुर्याउनुपर्ने सांसद थापाले सुझाव दिनुभयो ।

संस्था का अध्यक्ष गोपाल काफ्ले को सभाअध्यक्षमा भएको कार्यक्रम का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य बिरबहादुर थापा रहेका थिए । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष सुकदेव राना वडा नम्बर ११ का अध्यक्ष तुलसि अर्याल विभिन्न वडाका सदस्य , विभिन्न पार्टीका प्रतिनिधि , सहकारी सदस्य , सामुदायिक बन समिति पदाधिकारी , विभिन्न संघ संस्था का प्रतिनिधि लगायत कार्यक्रम का अतिथि रहेका थिए । कार्यक्रममा संस्था का सचिव बिष्णु बिक ले आर्थिक बर्ष ०७८/४/ १ गतेदेखि ०७९ असार मसान्तसम्म को ६३ लाख १५ हजार १३७ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए । आगामी आर्थिक बर्ष २०८०/०८१ को अनुमानित कुल १३ लाख ७१ हजार बराबरको आयव्यय सचिव बिकले प्रस्तुत गरेका थिए ।

२०७३ माघ १० गतेदेखि उपभोक्ता लाई शुद्ध खानेपानी वितरण गर्दै आएको छ । २ लाख २५ हजार लिटर क्षमता रहेको वाईसी बिचवा खानेपानी संस्थाले हालसम्म ६५२ जना उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको संस्था का अध्यक्ष गोपाल काफ्लेले बताए । सो अवसरमा खानेपानी संस्था सञ्चालन का लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग प्रदान गर्ने समाजसेवी लाई प्रमाणपत्र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रम को सञ्चालन सचिव बिष्णु बिकले गरेका थिए ।

  • २७ फाल्गुन २०८०, आईतवार ०३:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU