नेताहरू केन्द्रीय समितिकाे बैठकमा काठमाडौं गएपछि जिल्ला अधिवेशन अनिश्चित

धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि आज भनिएकाे निर्वाचन अझै अनिश्चित भएको छ ।
नेकपा एमाले सुदूरपश्चिमका नेताहरू केन्द्रीय कमिटीको बैठकका लागि काठमाडौं गएपछी कैलालीकाे जिल्ला अधिवेशन अनिश्चित भएकाे चर्चा भएकाे छ ।
केन्द्रीय समितिकाे बैठक आज मात्र सकिने कार्यतालिका छ रहेकाे छ ।
बुधबार दिउँसो २ बजेदेखि मतदानको कार्यसूची तय भएपनि प्राविधिक कारण देखाउँदै पटक पटक सारिदै आएकाे छ ।
एमालेको अध्यक्षमा प्यानलसहित तीन जनाले उम्मेदवारी दिएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना, कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हाे ।
जोशी र पाण्डेले ढुंगानाविरुद्ध मोर्चाबन्दी गर्ने चर्चा चलेको थियो तर अन्तिममा भने उनीहरु दुवै जनाबीच कुरा नमिल्दा एकल रुपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् ।
पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानालाई नेकपा एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीकाे साथ रहेकाे छ भने कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका ईन्चार्ज लेखराज भट्टकाे र सचिव डेजी पाण्डेलाई कर्णबहादुर थापाकाे साथ रहेकाे छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया