सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको एक महिने अभियान "सूचना मागाैं भ्रष्टाचारको न्यूनिकारण गराैं "
काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सुशासनका लागि एक महिने सूचना माग अभियान शुरू भएको छ ।

महासङ्घ केन्द्रीय कार्य सम्पादन समितिको आज सम्पन्न बैठकले सार्वजनिक सरोकारका निकायमा सुशासन प्रर्वद्धान लागि सार्वजनिक चासोका विषयमा एक महिनासम्म सूचना माग गर्न सबै प्रदेश र ७७ वटै जिल्लाका शाखालाई निर्देशन दिइएको अध्यक्ष उमीद बागचन्दले जानकारी दिनुभयो ।
आइतबारदेखि सुरु हुने एक महिने अभियान पुस २३ गतेसम्म सञ्चालन हुने छ भने सूचना मागेको, प्राप्त गरेको र त्यसको अवस्था बारे समेत विभिन्न सञ्चार माध्यामबाट सार्वजनिक गरिने महासंघले जनाएको छ ।
अभियानका क्रममा मागिएका सूचनाको सदुपयोग गर्दै समाचारका माध्यमबाट आम नागरिकलाई जानकारी गराइने महासङ्घले जनाएको छ । सूचना माग गरेर तथ्य पत्ता लगाई खोज पत्रकारिताका माध्यमबाट निरन्तर पिछा गर्ने पनि अध्यक्ष बागचन्दले बताउनुभयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया