सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्यारामाउन्ट बोर्डिङ स्कुललाई राष्ट्रिय सुचना आयोग काठमाडौले जरिवाना तिराउने फैसला

काठमाडाैं । सुचना नदिने पोखराको प्यारामाउन्ट बोर्डिङ स्कुललाइ १५ हजार जरिवाना तिराउने राष्ट्रिय सुचना आयोगको फैसला सुचनाको हक सम्बन्धि कानुन नमान्ने पोखरा १० रामघाटको प्यारामाउन्ट बोर्डिङ स्कुललाई राष्ट्रिय सुचना आयोग काठमाडौले जरिवाना तिराउने फैसला गरेको छ ।

आयोगको १५ गते बसेको प्रमुख आयुक्त महेन्द्रमान गुरुङ , आयुक्त द्वय रत्न प्रसाद मैनाली र कमला ओली थापको सयुक्त इजलासले उक्त बोर्डिङलाइ १५ हजार नगद जरिवाना तिराउने फैसला गरेको आयोगका प्रबक्ता कमला ओली थापा द्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । पोखरा महानगरपालिका वार्ड नम्बर १६ निबासी सुचना अभियन्ता यदुनाथ बन्जाराले प्यारामाउन्ट बोर्डिङ पोखरा १० रामघाट सङ मिति २०७९/०२/१५ गते लिखित सुचना माग गरेका थिए ।

ऐनको म्याद भित्र सुचना नदिएपछी अभियन्ता बन्जाराले२०७९/०३/१० गते बोर्डिङका प्राचार्य लाई उजुरी निबेदन दिएकोमा सुचना उपलब्ध नभएपछी मिति २०७९/०७/२० गते राष्ट्रिय सुचना आयोग काठमाडौमा पुनराबेदन दर्ता गराएका थिए । आयोगले मिति २०७९/०८/०८ मा लिखित जबाफ माग गर्ने आदेश भएकोमा प्यारामाउन्टले ०८/२९ गते दिएको जबाफ चित्त नबुझी २०७९/०९/२५ गते ७ दिन भित्र माग कर्तालाइ सुचना उपलब्ध गराउनु भनी बिपक्षीको नममा आदेश जारी गरेको थियो ।

आयोगको आदेश समेत अवज्ञा गरि सुचना नदिएपछी मिति २०८०/०५/०४ गते कारबाहिको चेतावनी सहित आदेश जारी हुदा पनि सुचना उपलब्ध नगराएपछी २०८९/०६/१५ गते बसेको आयोगको सयुक्त इजलासले सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३२(१) बमोजिम १५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।

सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा २ ले सार्बजनिक निकाय भनी किटान गरेका कम्पनी , सस्था वा निकायका सुचना अधिकारी र कार्यालय प्रमुखले माग गरेका सुचना उपलब्ध गराउनुपर्ने कानुनी प्राबधान रहेको छ तर कतिपय प्राइभेट लगानी गरेका कम्पनी सस्था वा निकायले सुचना दिनु नपर्ने दाबी गर्दै आएको पाइन्छ आयोगको यो फैसलाले निजि लगानिमा सार्बजनिक ब्यबसाय गर्ने हरुकोलागि सुचना दिनै पर्ने नजिर स्थापित गराएको छ । आयोगले सजाए गरेका हाल सम्मका मुद्दा मध्य निजि बोर्डिङलाई सजाए गरिएको यो पहिलो रहेको बताइएको छ ।

  • २३ आश्विन २०८०, मंगलवार १३:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU