एम्लुलेन्स सेवा सुरु भएकोमा स्थानीय बसिन्दा खुःसी
बिबी बिष्ट,बझाङ । बझाङको बुङ्गल नगर पालीका वडा नंम्बर ४ स्थित खिरातडी स्वास्थ चौकीमा से १ झ २७३ न को नेपाल सरकार बाट राजस्व छुट सुबिधा प्राप्त एम्बुलेन्स सेवा संचालन आएको छ ।
झण्डै ११ लाखको लागतमा बुंगल नगरपालीकाले एम्बुलेन्स खरीद गरेको हो । बुंगल बासीहरुको स्वास्थ्य उपचाारमा सहयोग गर्ने उदेश्यले नगरपालीकाले मंगलबार एम्बुलेन्स खरीद गरी सेवा सुचारु गरेको बुंगल नगरपालीकाका मेयर धन बहादुर विष्टले बताउनु भयो ।

यातायात असुविधाका कारण धेरै जस्तो सिकीस्त विरामी, गर्भवती महिला तथा अन्य दुर्घटनामा परि घाईते भएका ब्यक्तीहरुको ज्यान जाने भएका कारण त्यता दुर्घटना बाट जोगाउनका लागी एम्बुलेन्स सेवा सुचारु गरीएको विष्टको भनाई छ । उक्त एम्बुलेन्स खीरातडी स्वास्थ्य चौकीमा राखीएको खिरातडी स्वास्थ्य चौकि इन्चार्ज बेद प्रकाश जोशीले बताउनु भयो ।
बुंगल नगरपालीका तथा आवष्यकताका आधारमा जिल्ला भरी तथा जिल्ला बाहीर समेत एम्बुलेन्सल सेवा संचालन गर्ने जोशीको भनाई छ । एम्बुलेन्स सेवा सुचारु गरेको खबर पाए पछी बुंगल बासीहरु खुःसी भएका छन् ।
सडक गाँउ गाँउमा पुग्दा समेत समयमा नै सवारी साधन नपाउदा कुनै दुर्घटनामा परि सिकीस्त घाइते भएका ब्यक्तीहरुले समयमा नै उपचार नपाउदा अकालमा ज्यान गुमाउनु पर्ने यस्तै सुत्कीरी हुने महिलाहरुले समयमा नै सवारी साधन नपाउदा बच्चा सहीत आमाको समेत ज्यान जाने थुप्रै भटना भएको बुंगल नगरपालीकाका स्थानीय हिक्मत धामीले बताउनु भयो ।
अब यस्ता घटना बाट यहाँका स्थानीय बासिन्दाहरुले छुटकारा पाएको बताउदै आफु मात्र्र नभई यहाँका सम्पुर्ण सर्वसाधारण ब्यक्तीहरु खुसी भएको धामीको भनाई छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया