सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीमा डेङ्गु महामारीमै निजी अस्पतालको लुट !

धनगढी: सुदूरपश्चिममा केही समययता डेङ्गुको प्रकोप बढ्दै गएको देखिन्छ। विशेषगरी कैलाली, कंचनपुर र दार्चुलामा डेङ्गुको प्रकोप बढी रहेको छ। आजसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेङ्गुको संक्रमण भैसकेको देखिएको छ। यो महिना (भदौ) को मात्र तथ्यांक हेर्दा अहिलेसम्म ३०८ जनामा संक्रमण देखिएको छ। यसले गर्दा संक्रमण तीव्र रुपमा फैलिईरहेको देखिन्छ। हालसम्मको तथ्यांकले सबैभन्दा बढी कैलालीमा संक्रमित रहेको र सबैभन्दा न्यून (१ जना) बैतडीमा रहेको देखाएको छ। यस्तो महामारीको समयमै धनगढीका निजी अस्पतालहरुले भने मौकामा चौका हान्न खोजेका छन्। यानिकी उनीहरूले डेङ्गु परीक्षणका नाममा लुट मच्चाइएको पाइएको छ। धनगढीका निजी अस्पतालहरुले सेवाग्राहीबाट डेङ्गु परीक्षणको मात्रै चर्को शुल्क लिँदै लुट मच्चाएका हुन्।

स्रोतका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालले डेङ्गु परीक्षण गरेको ५ सयमात्रै रुपैयाँ लिने गरेको छ। डेङ्गु परीक्षणमा प्रयोग गरिने कीट पनि करिव ३०० सम्मको मूल्यमा पाइने बताइन्छ। तर धनगढीका निजी अस्पतालहरुले भने महामारीकै बेला डेङ्गु परीक्षणको दोब्बर मात्र होइन, तेब्बरसम्म शुल्क लिने गरेको पाइएको छ। जसअनुसार लुट्नैको लागि खोलिएको झै गरि धनगढीको सारथी अस्पतालले डेङ्गु परीक्षाणको २ हजार शुल्क लिइरहेको छ।

उसो त यो अस्पताल बेलाबेला विवादित पनि भैरहने अस्पताल पनि हो। यस्तै अर्को मेडिकल माफिया दुष्यन्त बस्नेतको संजिवनी अस्पतालले १ हजार ८ सय शुल्क लिने गरेको छ। जबकी यो अस्पतालले सञ्चालन स्वीकृति तथा अनुमती पनि पाएको छैन। यस्तै सिपी अस्पताल र कैलाली अस्पतालले १ हजार ५ सय शुल्क लिने गरेका छन्। सिपी अस्पताल धनगढीको पुरानो निजी अस्पताल भएपनि सेवा सुविधा जे जस्तो होस् ठगीमा भने अपडेट भएकै देखिन्छ।

यस्तै धनगढीको मायामेट्रो अस्पताल, स्वस्तिक अस्पताल, ओमआशा अस्पताल र केजी अस्पतालले भने १ हजार २ सय रुपैयाँ लिने गरेको पाइएको छ। यिनीहरूले लिइरहेको रकम पनि दोब्बर बढी नै हो। त्यस्तै अर्को धनगढीको नवजीवन अस्पतालले १ हजार १ सय, सौभाग्य अस्पतालले १ हजार शुल्क लिने गरेको छ। त्यस्तै धनगढीको नोभा अस्पतालले भने ६ सय मात्रै शुल्क लिने गरेको पाइएको छ।

यसरी निजी अस्पतालहरुले चर्को शुल्क असुल्दा सेवाग्राही भने महामारीकै समयमा ठगिन थालेका छन्। यस्तो प्रकारको ठगी नियन्त्रण तथा यी अस्पतालहरुलाई नियमन गर्ने निकायहरु भने सुतेजस्तै रहेको सेवाग्राहीहरुको गुनासो छ।

यस विषयमा जिल्ला प्रशासन कैलालीका प्रमुख (सिडिओ) युवराज कटेलले भने पालिकाबाट अनुमती पाएका/नपाएका र प्रदेश मातहत सञ्चालनमा रहेका अस्पतालहरुको अनुगमन नहुँदा समस्या आएको बताए। उनका अनुसार प्रदेशको स्वास्थ्य निर्देशनालयले अनुगमन नै गरेको छैन, यस्तै धनगढी उपमहानगरपालिकाले पनि अनुगमन नगर्दा यस्तो दुखद परिस्थिति आएको हो। र, अब आफूले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर यो लुट धन्दा रोक्न भोलिबाटै काम गर्ने बताए। यो स्वास्थ्यसँग जोडिएको गम्भीर सवाल रहेको उनको भनाई छ।

डेङ्गु कस्तो रोग हो, सर्छ कि सर्दैन?

डेङ्गु सरुवा रोग अन्तर्गत परे पनि यो मानिसबाट मानिसमा सिधा सर्ने होइन। यसलाई लामखुट्टेले सार्ने गर्छ। एडीज् जातको लामखुट्टेले एउटा बिरामीलाई टोकेको छ र त्यसले ८ देखि १२ दिनमा आफूबाट अरूमा सार्न सक्ने क्षमता विकास गर्छ र त्यसपछि जति जनालाई टोक्छ त्यति जनालाई डेङ्गु सार्दै जान सक्ने सम्भावना रहन्छ।

महेन्द्नगर पाेष्ठबाट

  • १६ भाद्र २०८०, शनिबार ०४:४१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU