कञ्चनपुरको बेलौरीमा गौरापर्वको अवसरमा भलिबल र डेउडा प्रतियोगिता
धनबहादुर बिक – बेलौरीमा गौरा पर्वको अवसरमा प्रथम सिद्धनाथ भेट्रान भलिबल प्रतियोगिता तथा डेउडा कार्यक्रम गरिने भएको छ। बेलौरी नगरपालिका–९ रतनपुरस्थित सिद्धनाथ मन्दिर समितिले भदौ १८ देखि २४ गतेसम्म भेट्रान भलिबल प्रतियोगिता र भदौ २१ देखि २४ गतेसम्म डेउडा कार्यक्रम गर्न लागेको हो।
भेट्रान भलिबल प्रतियोगितामा ३५ वर्षभन्दा माथिका खेलाडीले सहभागी हुन पाउने छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार र दित्तिय टिमले नगद १० हजारसहित ट्रफि प्रदान गरिने मन्दिर समितिले जनाएको छ। प्रतियोगितामा सहभागी हुने टिमले १५ सय इन्ट्री फि बुझाउनु पर्ने छ।
त्यस्तै मन्दिर समितिले भदौ २१ गते देखि डेउडा कार्यक्रम पनि गर्ने जनाएको छ। डेउडा कार्यक्रममा गायक जेआर भट्ट र गायिका मन्जु गिरी लगायतका कलाकारहरुको प्रस्तुति रहने मन्दिर समितिका सचिव बलदेव भट्टले बताए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया