सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अब जता फर्कियो त्यतै सरकार देखिन्छः प्रधानमन्त्री
" ‘यो तामझाम देखिनँ र सुनिनँ भन्नेहरुलाई देखाउन र सुनाउनलाई हो’ "

काठमाडौँ ११मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजीवी जनताको पक्षमा काम गर्न व्यस्त भएको दावी गरेका छन्।

मंगलबार काठमाडौँको कमललादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजितथ सामाजिक सुरक्षा योजनानो सुभारम्भ समारोहमा सरकारमाथिको आलोचनाको खण्डन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकार नदेख्नेहरुले अब चारैतिर सरकार देख्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे मजदूर, श्रमजीवी वर्ग र उत्पीडित वर्गसालाइृ सोध्न समेत आग्रह गरे।

‘सरकारले काम गर्न सकेन सिन्कासम्म पनि भाँचेन भन्ने सुनिन्छ’, सरकारका आलोचकहरुमाथि कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार जुम्रा मार्न र सिन्का भाँच्नका लागि बनेको होइन् देश बनाउनका लागि हो, सरकारले आफ्नो काम गर्दै छ।’

सरकार कतै नदेखिएको र सरकारको उपीसथति शून्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अलोचनाको जवाफ समेत दिएका छन्। सरकारलाई हेर्न चस्मा लगाउनु नपर्ने उनले दावी गरे।

‘अब काठमाडौँका सडक धोइन्छ, धुलो सफा गरिन्छ अनि देख्नुहुन्छ सरकार’, उनले भने, ‘ त्यसपछि जता फर्कियो त्यतै सरकार देख्न थालेपछि आफै चुप हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीले सरकारको सामान्य भन्दा सामान्य कुरामा पनि बढी आलोचना हुने गरेको बताए। सरकारले जनताका पक्षमा कम गर्दा पनि नदेख्नेहरुले पोलमा झुण्डाइएको फ्लेक्स भने देखेको बताए।

आलोचकहरुलाई देखाउनकै लागि सामाजिक सुरक्षाको कार्यक्रम तामझाम गरिएको उनको दावी थियो।

‘एउटा कार्यक्रमको घोषणा गर्दा पनि यस्तो तामझाम किन भन्ने प्रश्न पनि उठ्यो’, उनले भने, ‘ यो तामझाम देखिनँ, थाहा पाइनँ भन्नेलाई देखाउन र सुनिनँ भन्नेहरुलाई सुनाउनका लागि हो।
नेपाल खबरबाट साभार

  • ११ मंसिर २०७५, मंगलवार ०८:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU