ट्याक्टर दुर्घटनामा १ को मृत्यु
डोटी । केआईसिंह गाँउपालिका वडा नं. ३ बासुदेवीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
केआईसिंह गाँउपालिकाको अनरोवागाड देखी देउरडीका लागी ढुङ्गा वोकी आँउदै गरेको से १ त ६६४९ नम्वरको ट्याक्टर दुर्घटनामा १ जनाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लाल वहादुर धामीले बताउनु भएको छ । मृत्यु हुनेमा सोहि गाउँपालिका ३ बस्ने पारस मल्ल छन् । यस्तै अरु २ जना घाईतेहरु अहिले पनि ट्याक्टरमा च्यापिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरीका साथै स्थानीय उद्दारमा खटिरहेका छन् । स्थानीयका अनुसार ट्याक्टरमा ६ जना सवार थिए । जसमध्ये एकको मृत्यु २ घाईते र ३ जनाको सकुसल रहेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया