डोटीमा पाठेघर खस्ने रोगको शिबिर
डोटी १० मसिंर । केआईसिंह गाउपालिकामा महिलाहरुको पाठेघर खस्ने रोगको परिक्षण गर्न शिबिर संचालन गरिएको छ । केआईसिंह गाउपालिकाको आयोजनामा वडास्तरमा शिबिर संचालन गरिएको हो ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत डोटीको केआईसिंह गाउपालिका वडा नं. ५ मा गठन गरिएको रानागाउ स्थानिय सभामा एक बर्ष अघि पाठेघर खस्ने समस्याबारे छलफल गरिएको थियो ।

छलफलबाट महिलाहरुले पाठेघर रोगबारे खुलेर कुरा गर्न नसक्ने, उपचारका लागि स्वास्थ्य संस्था नजाने , जनचेतनाको कमी लगायतका समस्या भएकाले त्यसका लागि गाउपालिकाले वडास्तरमै पाठेघर खस्ने रोगको परिक्षणका लागि शिबिर संचालन गर्न गाउपालिकालाई साझेदार संस्था एफएमडिसीले अनुरोध गरेको थियो ।
एमएमडिसीको अनुरोध पछि गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले चालु आर्थिक बर्षमा बजेट बिनियोजीत गरेर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
वडातहमै छलफल भई शिबिर संचालनका लागि अनुरोध भएपछि शिबिर संचालन गरिएको गाउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताउनु भयो ।
उनले पाठेघर खसेर सल्यक्रिया गर्नु पर्ने अवस्थाका महिलाहरुको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च गाउपालिकाले नै ब्यहोर्ने गरि बजेट बिनियोजन भएको जानकारी दिनु भयो ।
गाउपालिकाले शिबिर संचालन गरेपनि महिलाहरु परिक्षणका लागि आउन भने मानेनन् ।
आईतबार गाउपालिकाले रानागाउ स्वास्थ्य चौकीमा संचलन गरेको शिबिरमा महिलाहरु लाजका कारण अझै शिबिरमा आउन नसकेको रानागाउ स्वास्थ्य चौकीका सह इन्चार्ज बेद प्रकाश जोशीले बताउनु भयो ।

स्वयसेबिकाहरुको सहयोग लिएर परिक्षणका लागि आउन बिभिन्न पहल गरेपनि आउन नमानेको उनको भनाई थियो ।
गाउमा बिभिन्न तरिकाबाट पाठेघर खसेका थुप्रै महिला भएपनि शिबिरमा नआएको प्रति उहा“ले दुखेसो पोख्नु भयो ।
‘१६ जना महिलाहरुमात्र परिक्षणका लागि आउनु भयो’, जोशीले भने , ‘जसमध्य तीन जनाको सल्यक्रिया नै गर्नु पर्ने देखिएको छ ।’ स्वमसेबिकाहरुमार्फत गाउपालिकाले गरेको सर्भेमा ४८ जना महिलाहरु पाठेघरको सल्यक्रिया गर्नु पर्ने अवस्थामा रहेको गाउपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर बोहराले जानकारी दिनु भयो । तर शिबिरमा भने उनीहरु लाजका कारण आउन नमानेकाले गाउपालिकालाई नै समस्या समाधान गर्न चुनौती बनेको बताउनु भयो ।
केआईसिंह गाउपालिकाका सात वटै वडामा गरिएको शिबिरमा एक सय भन्दा बढी महिलाहरु परिक्षणका लागि आएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया